Sunday, November 28, 2010

गजल : मन उघारेर प्यारी

आज अठोट लिएको थिएँ ब्लगमा केहि त लेख्छु लेख्छु भनेर । कम्प्युटरमा बसेको २ घण्टा बित्दा पनि लेख्ने कुरा केहि नभेटेपछि लाग्यो । ब्लगमा मलाई ब्युँझन अझै समय लाग्ने रहेछ । खै किन हो, लेख्ने कुरा सोच्यो भने मनमश्तिष्क भरी डम्म कुहिरोले ढाकेझैं हुनथालेको छ त्यसैले त हेर्नुस् न मेरो ब्लग घाम नलागेर ओसिएको विस्कुन भएको । लेखेर हैन लेखिसकेको कुरा राखेर भएपनि ब्लगमा लेखें भन्ने यौटा मिती अँकित गरेर ब्लग जगतबाट हराईगा'को चैं छैन है भन्नलाई यो गजल राख्दैछु -

पत्र-पत्र ति मोतिदानाझैं शीत झारेर प्यारी
सक्दिनं टिप्न गुलाफको यौवन मारेर प्यारी

नसम्झ रित्तै छु उभिएको तिम्रो सामुन्ने आज,
हेर फूलै हाँसेको होला मन उघारेर प्यारी

यो फूल बरु वैलाईजाला टाँसेपनि छातिमा,
वैलन्न प्रिती टाँस मुटुमा गाढा पारेर प्यारी

प्रेम मिलनको दिनमा हामी हाँसीरँ'दा ईत्रेर,
नरोओस् गुलाफ हाम्रो सामुन्ने बैंश हारेर प्यारी

गुलाफ हाँस्ने बगैंचामाझ बस्छु पर्खिएर,
आउनु तिमी नलिई फूल त्यो मन खारेर प्यारी

यो गजल गत भ्यालेण्टाईन डेको बेला खसखस डटकमको निमित्त लेखेको थिएं ।

4 comments:

Prabesh said...

सहि गजल दाइ !!

SandipN said...

well written! liked it dai !!

Chaitanya said...

पढ्दा खूब मजा आयो | असाध्यै मार्मिक र सन्देसमुलक लाग्यो गजल ! ग्रेड दिनुपरे ए+ भन्दा तल छैन |

दीपक जडित said...

धन्यवाद प्रवेश र सन्दिपलाई ।