Monday, February 08, 2010

गजल : नसम्झाउ भो साथी

बाँचेको छु मैले यस्तै जिन्दगी ओ साथी ।
सम्झनु केहि छैन नसम्झाउ भो साथी ।

उज्यालो खोज्छौ कति के सूर्य कम्ति छ र?
आदि हो या अन्त्य दुबै छ अँध्यारो साथी ।

पहिले नि भनेकै हुँ दुरी आफैं तोक,
आफैं पनि हुँ कि हैन म त आफ्नो साथी ।

भन्यौ आँसु छैन उस्को मुटु नै ढुँगाको,
चाल पाएनौ घाँटीले हिक्का निलेको साथी ।

के सुनाएँ र के सुन्यौ कथा जिन्दगीको,
बाँकी केहि भन्नु छैन भन्न पुग्यो साथी ।

7 comments:

Basanta said...

साह्रै मन प-यो गजल! दोश्रो शेरले त झन् पूरै जिन्दगीलाई एक सासमा अर्थ्याएजस्तो लाग्यो लाग्यो। अरु शेरहरु पनि उत्कृष्ट छन्।

chudamani said...

दीपकजीलाई सम्झाउनु हैन दीपकजीको गजलले उल्टो सबैलाई सम्झाएको छ |

उज्यालो खोज्छौ कति के सूर्य कम्ति छ र?
आदि हो या अन्त्य दुबै छ अँध्यारो साथी ।

सारै गजब छ | यो निराशाबादी भयो भन्ने मेरो गुनासो छैन किनकि महत्वपूर्ण निर्णयहरू अनुभूतिको उपल्लो छेऊबाट नै निस्किन्छन |

Unknown said...

वाह ! वाह !! गजबको पो गयो त हो मेरो साथी !

Dilip Acharya said...

सबै शेर बेजोड !

गहिरो भाव भएको सुबोध गजल !

वाह !!

Yumesh Pulami said...

शेर होस् त यस्तो ---
"बाँचेको छु मैले यस्तै जिन्दगी ओ साथी ।
सम्झनु केहि छैन नसम्झाउ भो साथी ।"

शेर हरुका पनि शेर नै हुनु हुन्छ तपाइँ - दिपक जी ! मेरो त कहिले नि ! धित नमर्ने भो तपाईका गज़लहरु पढेर - जति पढ्यो उति मात लाग्ने !
साच्ची नै बेजोड रहेको छ - !

Unknown said...

गज्जबका गजल रहेछन् ...मज्जा आयो पढ्नलाई..

Unknown said...

ढिलो भएको छु तपाईंहरुको प्रतिक्रिया माथी रोस्पोन्स गर्न तरपनि प्रतिक्रिया लेख्नुहुने सबैलाई हार्दिक आभार!