Friday, March 08, 2013

कविता : दु:खहरूलाई


सुन दु:खले रोइरहेकी ए ! सुन्दरी,
दु:खलाई आजैदेखि ह्याकुलाले मिचेर हिँड्नु
हिँड्दै जानु
यो बाटोमा अलिपछि सुन्दर फूलबारी आउने छ
त्यहाँ बहुरङ्गी पुतलीहरू हुनेछन्
एकजोडा रङ्गीन पुतलीहरू नाच्दै आएर
तिम्रो सुन्दर जोर आँखामा बस्नेछन्
मात्र तिमी अधरमा हिमाल खुलाएर हाँसिबस्नु
दु:खहरूलाई
हिमालयको शिरमा जमेको शुभ्र हिउँ जस्तै
सुन्दर भएर जम्न कर लाग्नेछ
र त्यसैमा परावर्तन भएर तिम्रो हाँसो
मेरो जस्तै धेरै अँध्यारो मनहरूमा
चम्किलो उज्यालो भएर खस्नेछ ।
०३/०८/२०१३

(नारी दिवसको शुभकामना सहित सम्पूर्ण नारीहरुमा समर्पण!)

No comments: