Tuesday, January 29, 2013

कविता : सपना र शहीद

सम्झिरहेथें
ज्ञात अज्ञात शहीदहरुलाई
लाग्दै थियो
एउटा कविता त लेख्नै पर्ला
आमा उभिनुभयो अगाडी
र सोध्नुभयो,
'ए कान्छा, यो सहिद भनेको के हो?'
सम्झाएँ
आमालाई र भनें
म तिनै शहीदको नाममा
यौटा कविता लेख्न खोज्दैछु
आमाले भन्नुभयो,
'जिउँदाहरुको दु:ख कसैले नबुझ्ने देशमा
मरेकाको नाममा स्वाङ्ग गर्न कस्ले सिकाएछ?'
आमा
आफ्नो घरधन्दामा लाग्नुभयो

कलम बन्द गरेर बसें
साँच्चि
आफ्नो सपना तुहिएको देखि देखि
मेरो कवितालाई
शहीदहरु के भन्दा हुन् स्वर्गबाट?

1 comment:

Neela said...

जिउँदाहरुको दु:ख कसैले नबुझ्ने देशमा
मरेकाको नाममा स्वाङ्ग गर्न कस्ले सिकाएछ?'

Wonderful.. heart touching..