ए ! आमा ,
हिजो अस्ती भर्खरै
तिमीले डाडु पन्यु लिएर
भाँडोमा डढेको कालो खुर्केर फाल्दै
देशमा डढेर बसेकाहरुको
विरोध गरेकि हैनौ ?
किन अझै पनि
भाँडै बिगार्ने माम्रीहरु
देशैभरी कालै देख्छु म ?
ए ! दिदी ,
तिमीले हिजो मात्रै
हातमा खरेटो लिएर
चोक चोकमा थुप्रिएको फोहोर बढार्दै
देशका कसिंगरहरुको
विरोध गरेकि हैनौ ?
किन अझै पनि
सहर , बजार , गाउँ , गल्ली
देशैभरी कसिंगर देख्छु म ?
ए ! दाजु ,
हिजो अस्ती भर्खरै
तिमीले छाडा राँगोलाई दाम्लोले बाँधेर
सडक सडक घुमाउदै
देशका छाडा राँगोहरुको
विरोध गरेका हैनौ ?
किन अझै पनि
बन्दीछाडा राँगोहरु
देशैभरी बड्किएको देख्छु म ?
ए ! भाई ,
तिमीले हिजो मात्रै
किताबभित्रका धमिराहरु
सडकमा लगेर टक्ट्क्याउंदै
देशका धमिराहरुको
विरोध गरेका हैनौ ?
किन अझै पनि
देश खोक्रो पार्ने
धमिराहरु
देशैभरी सल्बलाएको देख्छु म ?
ए , आमा
नयाँ डाडु पन्यु ठिक पार्दै गर
फेरी भाँडोमा बचेखुचेका
माम्रीहरु खुर्केर फाल्नुपर्छ ।
ए ! दिदी ,
नयाँ खरेटो बाँध्दै गर
फेरी चोकमा छरिएका
कसिंगर बढारेर फाल्नुपर्छ ।
ए ! दाजु ,
नयाँ दाम्लो बाट्दै गर
फेरी बन्दी छाडा राँगोलाई
बाँधेर गोठमा हाल्नुपर्छ ।
ए ! भाई ,
नयाँ झोला ठिक पार्दै गर
फेरी धमिरा नलाग्ने किताब
नयां झोलामा राख्नुपर्छ ।
यो कविता मैले गत बर्षको जुन ५ मा लेखेको रहेछु र जुन ७ मा नेपाली पोष्टमा प्रकाशित भएको रहेछ । यस्लाई मैले आफ्नो ब्लगमा भने राखेको रहेनछु त्यसैले आज थोरै थपघट गरेर यहाँ राख्दैछु । आज फेरी देश जुर्मुराएर उठ्नु पर्ने भएको छ र यो कविता समय सापेक्ष भएको छ ।
Showing posts with label आफ्नो रचना : पुरानो कलम ।. Show all posts
Showing posts with label आफ्नो रचना : पुरानो कलम ।. Show all posts
Sunday, April 29, 2007
Monday, April 23, 2007
गीत : आजभोली तिम्रै चर्चा ।
आजभोली तिम्रै चर्चा सुन्छु हर ओठमा
भन्छन सबै छौ रे तिमी एक करोढमा ।
ढलिसकेछन मेरा दिनहरु उज्यालो म कहाँ खोजुँ
जलिसकेछन सम्बन्धका पाना तिमीलाई कसरी रोजुँ
मलाई एक्लै छाडी तिमी गयौ कुन दौडमा
भन्छन सबै छौ रे तिमी एक करोढमा ।
सुनेर तिम्रो सफलताको चर्चा खुशी म भएको छु
गर्दिन गुनासो तर अझै मैले तिरस्कार सहेको छु
जाउ तिमी सबैलाई जिती जीवनका सब होडमा

Monday, April 09, 2007
गीत : मरेको म मान्छे ।
उड्दा उड्दै अकाशिएर धेरै उचाईमा पुगेको म मान्छे
जटायु झैं पँख जलेर फेरि भुँईमै झरेको म मान्छे
विश्वास तिमीलाई सायदै नहोला तर हुँ त साँच्चै मरेको म मान्छे ।
अञ्जुलीमा पानी उठाएर हेर्छु त्याँहा तिम्रै माया पोखिएर जान्छ
ओभानो यो नयन नियालेर हेर्छु तिम्रो यादमा फेरी रुन लाज मान्छ
धिक्कार्छु आफुलाई सरापेर हेर्छु मरेको मन जिउंदो हुन चाहन्छ ।
गोधुलीमा आँखा चिम्लिएर हेर्छु तिमी मलाई फेरी अंगालेर रुन्छ्यौ
म भेटेर तिमीलाई आँखा खोलीदिन्छु पलमै अदृश्य तिमी भईदिन्छ्यौ
रेटेर मलाई तिम्रो सम्झनाले धुकधुकी छाड्छ्यौ न त प्राण लिन्छ्यौ ।

Tuesday, March 27, 2007
गीत : कहाँ गयौ मलाई छाडी ।
कहाँ गयौ मलाई छाडी यो गाँउको विरानीमा
कति निदाउं तिम्रो तस्विर राखेर सिरानीमा ।
मेलापात अर्मपर्म गोठालो या हाट बजार
जताततै छाड्यौ केवल सम्झनाका पल हजार
हेरौं कती तिम्रो बाटो थाकीसके यि नजर ।
सम्झनाका हरेक पलमा याद बनि तिमी आउंछौ
साँझबिहान यो मनको मझेरीमा तिमी छाउंछौ
रात जब हुन्छ तिमी जुन बनि उदाउंछौ ।

Monday, March 05, 2007
गीत : जीवन संसार देख्नलाई हो ।
जीवन शिखरमा टेक्नलाई हो फेदीमै तिमी नबिसाउ
जीवन संसार देख्नलाई हो आँखा छोपेर ननिदाउ ।
तिमीले माया गर्ने कोहि नहोला तिमीलाई माया गर्ने कति छन हेर
काँडा संगै फूल फूलेको देख्ने छौ केवल तिमी आफ्नो हेराई फेर
जीवन ईतिहास लेख्नलाई हो ईतिहासमा तिमी नबिलाउ
जीवन संसार देख्नलाई हो आँखा छोपेर ननिदाउ ।
तिम्रो बाटोमा जंघार होलान पौडिएर पारी तरेर जाउ
समस्याहरु संग जुध्न छाडेर कमजोर भएर हरेस नखाउ
जीवन बाधा छेक्नलाई हो बाधासंग तिमी नबिलाउ

Thursday, March 01, 2007
गीत : मुर्दा भएको रातले ।
मुर्दा भएको रातले पनि बिहानी बोलाउदछ
चुपचाप भएर यो दिन फेरी रातै भएर टोलाउदछ ।
न त बोल्न नै यहाँ छुट छ
घर घरमा आपसी फुट छ
जोगाउने कसरी स्वभिमानलाई
जहिंतहीं ब्रम्ह लूट छ ।
कैयन आँखामा शान्तीको आस छ
श्मशानमा आज हरेकको बास छ
शान्ती भयो धेरै परको कुरा
सबै संग मृत्युको त्रास छ ।

Sunday, February 25, 2007
गीत : किन मान्छे माया भन्छन ।
किन मान्छे माया भन्छन मायालाई नै ईश्वर ठान्छन
ईश्वरको रुप भए माया किन यस्मै धोका खान्छन ।
म त भन्छु माया केवल एउटा झुठो नाटक हुन्छ
कसैले यसलाई चोखो सम्झे उसैले जीवन आँशुमा धुन्छ
यौटाको आँशु सागर बनेनि कस्को मुटुलाई त्यसले छुन्छ
त्यसैले माया बाजी जित्ने एउटा झुठो नाटक हुन्छ ।
माया पुर्णेको जून हो भन त्यसभित्र पनि दाग नै हुन्छ
समर्पण हो माया कस्ले भन्छ मायामा सधैं भाग नै हुन्छ
मायामा जीवन बलिदान गरेनि कस्को मनले त्यसलाई छुन्छ
त्यसैले माया बाजी जित्ने यौटा झुठो नाटक हुन्छ ।

Thursday, February 22, 2007
गीत : तिमी जून हौ ।
तिमी नै मेरो घाम हौ तिमी जून हौ
मेरो जीवनको संगीतको तिमी धून हौ ।
सावनको झरी जस्तै मेरो आँशु झर्दा
पिंजडाको चरी जस्तै मन यो छटपट गर्दा
आँशु पुछ्ने पिंडा बुझ्ने तिमी साथी हौ
तिमी नै मेरो प्राण हौ तिमी जून हौ
मेरो जीवनको संगीतको तिमी धून हौ ।
औंसीको झैं कालो रात्री मेरो जीवनमा छाउंदा
उज्यालोको आसै आसमा अन्धकार पाउंदा
झलमल उज्यालोदिने तिमी ज्योती हौ
तिमी नै मेरो मुटु हौ तिमी जून हौ

Monday, February 19, 2007
गीत : मेरो सुखलाई सारा खुशीलाई ।
मेरो सुखलाई सारा खुशीलाई तिम्रो जिम्मा म छाडी जाँदैछु
आँखाभरी बोकेर सपना तिमीबाट म टाढा जाँदैछु ।
फर्किआउने कैले होला आफैंलाई थाहा छैन
आकंक्षाका खण्डहरहरु फेरी सजाउने कैले होला
म त जाँदैछु टाढा जाँदैछु तिमीबाट म टाढा जाँदैछु ।
यात्रा कहाँ हो जानु कता हो आफैँलाई थाहा छैन
थाहा छैन भोली फेरी मिलन हाम्रो हुन्छ हुंदैन

Friday, February 16, 2007
कविता : तिम्रो कसम म यस्तै चाहन्छु ।
आकाशले छोपेर धरती
हप्हप्ती गुम्सिएझैं
यौवनले पुर्ण तिम्रो बदनको
मादक सुगन्धलाई
पुष माघको तुषारो
सुर्य किरणले खोलेझैं
बलात्कारी भावमा
तिमीलाई सर्वस्व नंग्याएर
स-सौंदर्य पान गर्न चाहन्छु म
आफ्नै छातीभित्रको
अपरिमेय प्रेमलाई लुकाएर
भयंकर हिंस्रक जनावार भई
निरिह प्राणीको चोक्टा लुछेझैं
तिम्रा हरेक अंग प्रत्यंगको
अलग स्वाद र
अलग मिठास लिन चाहन्छु म
साँझको घामले डढेर
पश्चिम क्षितिजको
रक्तिम सगरझैं
प्रत्येक रजस्वला भएको रातमा
रगतले भिजेको बस्त्रादी
खोलेर फेर्न नपाउंदै
कामदेवको अर्को रुप लिएर
धर्म छाडेर बलात्कार गरी
अतृप्त बासना तृप्ती गराउन चाहन्छु म
तर को हौ ?
कहाँ छौ तिमी ?
तिमी मेरो मानसपटको धुमिल चित्र हौ कि ?
या फेरी मेरो समझको अलिखित कविता ?
तिमी जहाँ छौ र जो हौ
हौ त निश्चय पनि तिमी
म भित्र भएर पनि उजागर नभएकि कला हौ
आफ्नै गर्भभित्र खानी बोकेर
सतहमा मरुभुमी बाँच्न सक्दिनं म
कि त फुट तिमी मूल भएर
भिजाउ मलाई र उर्बर बनाउ
हैन भने सुन
तिम्रो कसम तिमीलाई म
पहिले जबर्जस्ती करणी र पछि
निर्मम हत्या गरेर
बलात्कार र हत्याको अभियोगमा
आफैंलाई मृत्युको दण्ड दिलाउन चाहन्छु म ।

Thursday, February 15, 2007
गीत : मेरी माया ।
मेरी माया मेरो रातमा जुन भई फुल्छिन
बतास भै सधैं मेरै वरिपरी डुल्छिन ।
शिरबन्दी ईन्द्रेणीको टिका चन्द्रमाको
लगाएकी मेरी उनलाई के साह्रै सुहाको
लाग्छ संधैभरी उनलाई आँखाभित्रै राखुँ जस्तो
सयौं जन्म आफ्नो पार्न देवी देउता भाकुँ जस्तो ।
झिमझिम गर्ने ति परेली बिजुलीकै बेग हो कि ?
लामो केशराशी उनको पानी झार्ने मेघ हो कि ?
कैले उनको सामु नौनी भई पग्लिदिउँ लाग्छ
प्यास मेट्न उनकै रुप घट्घटी पिउँ लाग्छ ।

Thursday, February 08, 2007
गीत : झार्दछ आँशु आकाशले ।
झार्दछ आँशु आकाशले शीत भन्छन सबैले
मेरो यो रुवाईलाई गीत भन्छन सबैले
सायद मलाई नै थाहा थिएन म गीतमा नै रोएको थिएं
मैले गीतैले अरुको पनि दुखेको मुटु छोएको थिएं ।
यो गीत हैन घाउ हो मेरो मुटुमा दुख्छ काँढा गाढेर
रुन चाहन्छु रुन देउ मलाई भक्कानो फुटाई डाँको छाडेर
हार स्विकारी हात उठाएं जीत भन्छन सबैले
मेरो यो रुवाईलाई गीत भन्छन सबैले ।
प्रितीको बाटोमा आगो सल्कियो सागरमा हिडें नाउ चढेर
तुफान वैरियो सागरमा पनि डुब्न लाग्यो नाउ छाल बढेर
भुमरीमा फस्दा प्रेमको डुँगा प्रित भन्छन सबैले

Monday, February 05, 2007
गीत : भोक हो माया ।
भोक हो माया
महारोग हो माया
एकपल्ट सबैले भोग्नै पर्ने
शोक हो माया ।
सांघु हालेर मायाको कति त जंघार तरी जान्छन
चढ्न नसकी मायाको शिखर कोही फेदीमै झरी रन्छन
एउटाले जिते पनि मायाको बाजी अर्कोको हार हुने
पाप हो माया
सन्ताप हो माया
एकपल्ट सबैले भोग्नै पर्ने
श्राप हो माया ।
खुट्किला बनाई मायालाई कति त सफलता टेकिदिन्छन
अरुको खुशीमा तघारो बनि कोही बाटो नै छेकिदिन्छन
थोरै होलान केहि मायामा पाउने धेरै छन गुमाउने
भूल हो माया
झरेको फूल हो माया
एकपल्ट सबैले भोग्नै पर्ने
शूल हो माया ।

Sunday, February 04, 2007
कविता : जवानी ।
हिँउ झरेर केशमा बसेछ
अहो ! केश त फुलेझैं लाग्यो मलाई
अझै पनि ऐनामा नियाँल्छु आफुलाई
खै त , बैंश झरेको थाहै पाईनं मैले
रहरहरु मात्र किन झर्छ यहाँ
पहेंलिएर रुखको पात झरे झैं
कतै जिन्दगीको रुप ऋतु त हैन ?
ऋतुहरु भोग्छ जीवनले
थाहा छ , तर जीवन
ऋतु बनेर दोहोरिन्न कहिले
आज साँझ पार्कमा
दुईचार युवतीहरु मस्किंदा
लागेथ्यो मेरो बैँश अझै जिउँदै छ
रात जब घरभित्र मलाई
आफ्नै कान्छि छोरीले
उसको प्रेमीसंग परिचय गराई
तब लाग्यो
मेरो केशमा हिउँ सांच्चै बसेछ
मात्र यो हिउँदको हैन
पत्र पत्र बनेर कयौं हिउँदको
जस्लाई केशबाट झार्न सकिन्न
ब्यर्थै अब जवानी किन कल्पिउं म
जस्लाई पोटिलो पार्न सकिन्न ।
अहो ! केश त फुलेझैं लाग्यो मलाई
अझै पनि ऐनामा नियाँल्छु आफुलाई
खै त , बैंश झरेको थाहै पाईनं मैले
रहरहरु मात्र किन झर्छ यहाँ
पहेंलिएर रुखको पात झरे झैं
कतै जिन्दगीको रुप ऋतु त हैन ?
ऋतुहरु भोग्छ जीवनले
थाहा छ , तर जीवन
ऋतु बनेर दोहोरिन्न कहिले
आज साँझ पार्कमा
दुईचार युवतीहरु मस्किंदा
लागेथ्यो मेरो बैँश अझै जिउँदै छ
रात जब घरभित्र मलाई
आफ्नै कान्छि छोरीले
उसको प्रेमीसंग परिचय गराई
तब लाग्यो
मेरो केशमा हिउँ सांच्चै बसेछ
मात्र यो हिउँदको हैन
पत्र पत्र बनेर कयौं हिउँदको
जस्लाई केशबाट झार्न सकिन्न
ब्यर्थै अब जवानी किन कल्पिउं म
जस्लाई पोटिलो पार्न सकिन्न ।
Saturday, February 03, 2007
गजल : हातमा तिम्रो तरवार देखें ।
युद्ध विचारले लड्छु भन्थ्यौ हातमा तिम्रो तरवार देखें ।
झुप्रोको बास छ मेरो भन्थ्यौ तर मैले त दरबार देखें । १
सादा जिवन उच्व विचार पैदल जमिनमा हिंड्छु भन्ने ,
गान्धीवादी हुँ भन्नेहरुको आज पजेरोमा सवार देखें । २
खल्तीमा हनुमान चालिसा बोकी आवाल ब्रम्हाचारी हुँ भन्ने ,
महापुरुषको पनि आज गैह्र कानुनी घरबार देखें । ३
प्रेम नै एकमात्र धर्म हो भन्दै दुनियाँभरी माया बाँड्ने ,
कलीयुगमा त बुद्धको पनि मैले रुखो ब्यावहार देखें । ४
सेतो पर्दाले छोपेर मजाले कालो ब्यापार गरिरहेथे ,
पोल खुल्दा सुईंकुच्चा ठोक्ने तिन्को मैले पछिल्लो द्वार देखें । ५
आँखा छोप्न पनि नसकिने खोल्दा छ बाध्यता लौ हेर्नै पर्ने ,
आज सम्म नदेखेको मैले साँच्चै बिचित्रको संसार देखें । ६
नेपाली पोष्ट डट कममा प्रकाशित ।

Monday, January 22, 2007
कविता : विदाई ।
मैले जानु छ चुपचाप
छाडेर तिम्रो परिवेशलाई
हजारौं ईच्छाको वावजुध
जहाँ डोर्याउंछ मलाई
मेरो भाग्यको रेखाले
मैले जानु छ चुपचाप ।
यो मेरो आफ्नै
विदाईको घडी हो
म आफैंलाई विदा गर्ने छु
चुपचाप सहेर आँशुहरु
तिमी अन्जान छौ
म चाहन्न
मेरो विदाईमा
तिमी पनि आँशुहरु झेल
भित्र भित्र दुख्ने गरी
पिंडाहरु समेट ।
मलाई लाग्दैन
एक अर्कालाई सम्झन हामीलाई
कुनै चिनोको जरुरत पर्ने छ
हामी त एक अर्कालाई
बिर्षिएर पनि सम्झने छौं
त्यसैले म जाँदैछु
त्यो दुरगामी यात्रामा
जहाँ पुगेर म
आफैंलाई हराएपनि
तिमीलाई साथै पाईरहनेछु ।
तिमी अनभिज्ञ छौ
तर मैले त जानु नै छ
किनकी
यो मेरो विदाईको घडी हो
भोली मलाई नपाएर
तिमी नरोइदेउ बिन्ती
म त गएर पनि
संधै तिमी संगै हुनेछु
अनि सधैं हुनेछौ
तिमी म संगै
त्यसैले आशा गर्छु
मेरो यो विदाईले
हाम्रो आत्मियतामा
कुनै पर्खाल उठाउने छैन ।
छाडेर तिम्रो परिवेशलाई
हजारौं ईच्छाको वावजुध
जहाँ डोर्याउंछ मलाई
मेरो भाग्यको रेखाले
मैले जानु छ चुपचाप ।
यो मेरो आफ्नै
विदाईको घडी हो
म आफैंलाई विदा गर्ने छु
चुपचाप सहेर आँशुहरु
तिमी अन्जान छौ
म चाहन्न
मेरो विदाईमा
तिमी पनि आँशुहरु झेल
भित्र भित्र दुख्ने गरी
पिंडाहरु समेट ।
मलाई लाग्दैन
एक अर्कालाई सम्झन हामीलाई
कुनै चिनोको जरुरत पर्ने छ
हामी त एक अर्कालाई
बिर्षिएर पनि सम्झने छौं
त्यसैले म जाँदैछु
त्यो दुरगामी यात्रामा
जहाँ पुगेर म
आफैंलाई हराएपनि
तिमीलाई साथै पाईरहनेछु ।
तिमी अनभिज्ञ छौ
तर मैले त जानु नै छ
किनकी
यो मेरो विदाईको घडी हो
भोली मलाई नपाएर
तिमी नरोइदेउ बिन्ती
म त गएर पनि
संधै तिमी संगै हुनेछु
अनि सधैं हुनेछौ
तिमी म संगै
त्यसैले आशा गर्छु
मेरो यो विदाईले
हाम्रो आत्मियतामा
कुनै पर्खाल उठाउने छैन ।
Saturday, January 06, 2007
गजल : ज्ञानी बुद्ध हुन्छ ।
जलाई आफ्नै वस्ती उता जनयुद्ध हुन्छ ।
बिनाश गरी वंश यता ज्ञानी बुद्ध हुन्छ । १
कहाँ कस्को विश्वास अब हामी कता जाने ,
पिल्सिएर बिचमा मन सार्है क्रुद्ध हुन्छ । २
जस्को कुरा सुन्यो उ नै ठिक छ जस्तो लाग्ने ,
कृत्य सब गलत् मात्र विचार शुद्ध हुन्छ । ३
जिउने चाह मात्र त छ खुला हावा छैन ,
निमोठिएर घाँटी सासै अवरुद्ध हुन्छ । ४
फरक् सोच बोकि परिवर्तन खोजे पनि ,
हिंड्नै पर्ने सडक उहि नामै जुद्ध हुन्छ । ५
नेपालमा राजदरबार हत्याकाण्ड रचाएर ज्ञानेन्द्र राजा भएको केहि महिना पछि मैले लेखेको यो गजल प्रकाशित हुन्छ कि भनेर मैले दुई चार पत्रीकामा दिईहेरेको थिएं तर कतै पनि प्रकाशित भएन । यस्ता किसिममा रचनाहरु लेख्दा कुनै समय विषेशलाई ईङ्गीत गरेर लेखिएको हुन्छ र त्यस्तो समयले कोल्टो फेर्न बित्तिकै यस्ता प्रकारका रचनाहरु लगभग अर्थहीन हुन पुग्छन । जे जस्तो भएपनि आफुले लेखेको कुरा आफुलाई माया लग्दो रहेछ त्यसैले आज खोजेर यो गजललाई यहाँ राखेको छु ।

Thursday, January 04, 2007
कविता : जिवन यात्राको सम्झनामा सम्झनाको यात्रा संग ।
कागजका प्रत्येक पृष्ठहरुमा
तिमीले उनेर छाडेका
तिम्रो हृदयका एक एक भावनाहरुमा
कहिं पनि मैले
नि: सार जिवन पाउन सकिंन
अक्षर अक्षर भएर
क्रमश: शब्द , हरफ , वाक्य र
अध्याय अध्याय बनेर
छरिएको तिम्रो मुटु हेर्दा
जताततै मैले
जिवन र जगत प्रति
शुक्ष्म अवलोकित
आशावादी दृष्टीकोण पाएको छु ।
तिम्रो विचारको हाराहारीमा
कहिल्यै कतै
नैराश्यता , उदाशिनता र
निराशावादको उपस्थिती थिएन ।
केवल तिमी थियौ
मेरो जिवनको
जति जे हुनु
तिम्रो माया
सफलताको शिखर आरोहित
मेरो एक एक पाईलामा
खुड्कीलो बनेर उपस्थित थियो
मेरो प्रेरणा
मेरो गौरव
तिमी थियौ
तिम्रो माया थियो
तर आज
म पुन: फर्किएको छु
त्यही जिवनको भोगाईमा
जहाँ सदैब म
अर्थहिन एक्लो जिवनमा
हरेक असफलतासंग
हात मिलाउदै
सुर्य अस्ताई सकेको
अँध्यारो परिवेशमा
बाँचेको हुन्थें ।
मैले छुट्याउन नसकेर
अन्योलित छु कि ;
कहाँनेर तिम्रो जिवनको
हरेक आशाहरुमा
कुठाराघात भयो ?
भ्रमित छु कि ;
" एक एक भूललाई
सदैब स्विकारेर
अर्को सत्यले सच्याउंदै
उज्यालोमा पाईला टेक्नु पर्छ । "
यति महान
आफ्नै सद्धविचारलाई
कुन भूलले छोपेर
बाटो बिरायौ तिमीले ?
मलाई थाहा छैन
एक्लै पार गर्नुपर्ने
जिवनको अनन्त मोडहरुमा
तिम्रो सम्झनाको सहारा लिएर
म कहाँ सम्म यात्रा गर्न सक्छु
त्यसैले म आज
आफ्नै जीवन यात्राको सम्झनामा
सम्झनाको यात्रा संग
विवश छु सम्झौता गर्न ।
१५ पौष २०५७
तिमीले उनेर छाडेका
तिम्रो हृदयका एक एक भावनाहरुमा
कहिं पनि मैले
नि: सार जिवन पाउन सकिंन
अक्षर अक्षर भएर
क्रमश: शब्द , हरफ , वाक्य र
अध्याय अध्याय बनेर
छरिएको तिम्रो मुटु हेर्दा
जताततै मैले
जिवन र जगत प्रति
शुक्ष्म अवलोकित
आशावादी दृष्टीकोण पाएको छु ।
तिम्रो विचारको हाराहारीमा
कहिल्यै कतै
नैराश्यता , उदाशिनता र
निराशावादको उपस्थिती थिएन ।
केवल तिमी थियौ
मेरो जिवनको
जति जे हुनु
तिम्रो माया
सफलताको शिखर आरोहित
मेरो एक एक पाईलामा
खुड्कीलो बनेर उपस्थित थियो
मेरो प्रेरणा
मेरो गौरव
तिमी थियौ
तिम्रो माया थियो
तर आज
म पुन: फर्किएको छु
त्यही जिवनको भोगाईमा
जहाँ सदैब म
अर्थहिन एक्लो जिवनमा
हरेक असफलतासंग
हात मिलाउदै
सुर्य अस्ताई सकेको
अँध्यारो परिवेशमा
बाँचेको हुन्थें ।
मैले छुट्याउन नसकेर
अन्योलित छु कि ;
कहाँनेर तिम्रो जिवनको
हरेक आशाहरुमा
कुठाराघात भयो ?
भ्रमित छु कि ;
" एक एक भूललाई
सदैब स्विकारेर
अर्को सत्यले सच्याउंदै
उज्यालोमा पाईला टेक्नु पर्छ । "
यति महान
आफ्नै सद्धविचारलाई
कुन भूलले छोपेर
बाटो बिरायौ तिमीले ?
मलाई थाहा छैन
एक्लै पार गर्नुपर्ने
जिवनको अनन्त मोडहरुमा
तिम्रो सम्झनाको सहारा लिएर
म कहाँ सम्म यात्रा गर्न सक्छु
त्यसैले म आज
आफ्नै जीवन यात्राको सम्झनामा
सम्झनाको यात्रा संग
विवश छु सम्झौता गर्न ।
१५ पौष २०५७
Wednesday, December 27, 2006
गीत : आउ हामी देश उचालौं ।
देश माथी उठ्छ भने तिमी पनि काँध राख
आउ हामी देश उचालौं प्रयत्नले लाख लाख ।
मुठ्ठीमा उठाईहेर यो देशको माटोलाई
पिंडा ब्याथा सोधीहेर तिमी हिंड्ने बाटोलाई
यही देशले दिएको छ हामीलाई न्यानो काख
आउ हामी देश उचालौं प्रयत्नले लाख लाख ।
नमाग केहि देशसंग देशलाई केहि देउ बरु
अर्पण गर देशको निंती तिम्रा बौद्धिक शक्तीहरु
देशको निंती स्विकार गर बाधा अनि सारा हाँक

Sunday, December 24, 2006
गजल : हौ फूल तिमी ।
जून हेरेर आकाशको नफूल तिमी ।
आफुले टेकेको धर्ती नभुल तिमी । १
हुन्छन कती लुक्ने ठाउं लुकेर बस ,
बिना खाम चिठ्ठी भएर नखुल तिमी । २
तिम्रो पनि रहर होला आकाश छुने ,
रहर संगै बहकिंदै नडुल तिमी । ३
प्यास बोकेर अधरमा नहिंड अब ,
सधैं रसाउने मायाको हौ मुल तिमी । ४
फक्री हेर भावना संगै चमेली भ ई ,
प्रकृतीमा सौंदर्य छर्ने हौ फूल तिमी । ५
आफुले टेकेको धर्ती नभुल तिमी । १
हुन्छन कती लुक्ने ठाउं लुकेर बस ,
बिना खाम चिठ्ठी भएर नखुल तिमी । २
तिम्रो पनि रहर होला आकाश छुने ,
रहर संगै बहकिंदै नडुल तिमी । ३
प्यास बोकेर अधरमा नहिंड अब ,
सधैं रसाउने मायाको हौ मुल तिमी । ४
फक्री हेर भावना संगै चमेली भ ई ,
प्रकृतीमा सौंदर्य छर्ने हौ फूल तिमी । ५
Subscribe to:
Posts (Atom)