Tuesday, October 25, 2011

गजल : नजलि कोहि दीपक हुँदैन

यहाँ आफ्नै वस्तुमा हक हुँदैन ।
कहानी त्यत्तिकै रोचक हुँदैन ।


नसोध्नु कसैले ओजन मलाई,
मेरो पल्लामा कहिल्यै ढक हुँदैन ।


काटिनु अघि नै बुझ्नु पर्ने थियो,
सबै हतियारमा चमक हुँदैन ।


अर्ति नै दिनुपरे यहि भन्नेछु म,
अटेरीले सिक्ने कुनै सबक हुँदैन ।


जा जा जलनमा पछुतो नगर तँ
जल्दै नजलि कोहि 'दीपक' हुँदैन ।

3 comments:

Ashesh said...

जल्दै नजलि कोहि 'दिपक' हुँदैन.....गज्जवको गजल दिपक सर ।

Chaitanya said...

नजली कोही दीपक हुँदैन |
गजब !

Jhaluck said...

I liked.... awesome gajal !