यो मिलन वर्षौंपछि भएको छ
विछोडिने कुरा तिमी आजै नगर
फेरी अर्को सिंगै यूग मलाई
तड्पाएर राख्ने कुरा राजै नगर ।
विछोडिने कुरा तिमी आजै नगर
फेरी अर्को सिंगै यूग मलाई
तड्पाएर राख्ने कुरा राजै नगर ।
यो खुसीमा छल्किएका आँसुहरु नझरी नै
पिरतीमा खापिएका कति कुरा नगरी नै
कुल्चेर रहर यि सबै
फर्किजाने कुरा तिमी ताजै नगर
यो मिलन वर्षौं पछि भएको छ....... ।
प्रहर धेरै यो रातको कटाउन बाँकी छोडी
आँखाको यो पर्दा लाजको हटाउन बाँकी छोडी
कालो रात ओढेर एक्लै
निदाउने कुरा तिमी सम्साँझै नगर
यो मिलन वर्षौं पछि भएको छ....... ।
2 comments:
अति तुकबन्दीको प्रयोगले निस्सासिने डर देखियो गीतमा ।
खासगरी -
'फर्किजाने कुरा तिमी ताजै नगर'पंक्तिलाई स्वाभाविक रूपमा स्विकार्न सकिनँ मैले । तर भावगत हिसाबमा मायावी छ रचना । प्रेमिल आग्रहले पक्कै पनि अनुमोदन पाउनेछ ।
Romantic song ----
keep it up ----------
:)
Post a Comment