चढाईदिन्छु एउटा सलाम ति आँखालाई ।
मेरो नाम नजोडिंदै बदनाम ति आँखालाई ।
देख्दा सामु बिझाउने समय थियो या म थें,
टाढा छु होला अब त आराम ति आँखालाई ।
भक्त बनाई दुनियाँ नचाउने सपना जस्को,
आँसु चढाउने यो मन के काम ति आँखालाई ।
अइना(ऐना)मा शृंगार हेर्दा आफुलाई नदेख्ने,
प्यारो अवश्य लाग्ला छलछाम ति आँखालाई ।
आफैंलाई तारा ठानेर टल्किरहेछ एक्लै,
कतिन्जेल देखाईरहन्छौ जुनघाम ति आँखालाई ।
4 comments:
सशक्त जवाफ ! अब पुग्यो होला ती आँखालाई !
Sachai nai babbal chha, aaba pugyo hola ti aakha laai ...
आफैंलाई तारा ठानेर टल्किरहेछ एक्लै,
कतिन्जेल देखाईरहन्छौ जुनघाम ति आँखालाई ।
तिम्रो नाम जोडिने भाग्य कहा ---
नसोध जबाफ ति आँखालाई ---
Post a Comment