यो भन्दा अघिल्लो पोष्टमा राखेको कविता ' बाग्मतीको नियति ; गति नेपालको ' मा कमेण्ट गर्दा मैले ब्लगमा राखेको फोटोमाथी पनि जोडदार कमेण्ट ठोकिदिनुभएको थियो कसैले Anonymous भएर । मलाई फोटोले साँच्चै सोचमा डुबायो र फोटो फेर्न नै बाध्य तुल्यायो । फेरेर अर्को राम्रो फोटो राख्ने ईच्छा भयो तर राम्रो फोटो पाईनं । फोटो राखेजति सबै फाईलहरु खोजें र बल्ल यौटामा चित्त बुझाएर ब्लगमा राखें । त्यसबेलासम्म मलाई फोटो शब्दले झोंक चलाईसकेको थियो । के को राम्रो चाहियो नि फोटो सोटो भन्दैथें फोटो शब्दमै यौटा गजलको काफिया बन्ने सम्भावना देखें तब त के चाहियो लागें कस्सिएर फोटोलाई काफिया बनाएर यौटा गजल लेख्न । र लेखें यस्तो -
रुप यो कुरुप संधैको छ सुन्दर यौटा फोटो होस् ।
गाँसोस् साईनो त्यै फोटोले त्यो लामोहोस् न कि छोटो होस् ।
शुशिल हुन उनि अझ सुन्दर हुन विचारमा ,
के नै नाप्छ र रुपले भलै शरिर थोरै मोटो होस् ।
सिंगारिनु किन ? मेरो ज्यान सधैं धुलोमाटो मै छ ,
उनको मुखेञ्जी पर्दा तर सुकिलो यौटा भोटो होस् ।
ईज्जत र प्रेम दिई उनलाई सुखी राख्न सकुँ ,
बस्ने कुटी , लाउने सुती अनि खाने आटोरोटो होस् ।
जुनै किन छुनुपर्यो र हाँस्न सकुँ भुईँमै तर ,
चाहंदैन 'दीपक' फेरी नि भाग्य उसकै खोटो होस् ।
धन्यवाद अज्ञातजीलाई , यो गजल भेंट तपाईंलाई । फेरी आउनुभयो भने तपाईंले पनि भनिदिनुहोला है त कस्तो भयो ?
Wednesday, June 25, 2008
Tuesday, June 24, 2008
कविता : वाग्मतीको नियति ; गति नेपालको
कठैबरा ! वाग्मती
कहिल्यै बग्न सकिनन्
स्वतन्त्र भएर सलल
खोसे मान्छेहरुले
स्वतन्त्रता उनको
खुल्न नसकेर कहिल्यै
पर्यावरणको तन्तु
मान्छेहरुको चेतमा
मात्रै सडकहरु बगिरहे
जुलुश भएर सलल
न रोक्यो कहिल्यै
पेटीमा थुपारिएको डंगुर फोहोरले
डण्डीफोर निचोरेको अनुहार जस्तो
काठ्माण्डौ खित्का छाड्छ
खुट्टा उचालेर अधुरो खुशीमा
नयाँ बजार
यौटा विचार भड्काउंछ
वालुवाटार
यौटा विचार अड्काउंछ
बल्खु ट्वाल्ल परिरहँदा
नयाँ बानेश्वर
लाजले टाउको झुकाउंछ
र भन्छ
काठ्माण्डौ बाहिर
खै नेपाल कहाँ छ ?
कर्णालीको आवाज
आवाजहरुकै भिडमा बिलायो
अब त रोल्पापनि
काठ्माण्डौ मै हरायो
निमुखो रत्नपार्क बरा !
अझै विचार बगाउंछ
उरालेर मान्छेहरु सडकमा
लहर - लहर
तरंग - तरंग
जुलुशहरुमा सलल
स्थिरप्राय: वाग्मती
पुलुक्क हेर्छिन काठ्माण्डौलाई
र भन्छिन
कठैबरा ! गति नेपालको
उन्को र मेरो नियति उस्तै
संधै रोकिनुपर्ने आफ्नो गति
स्वतन्त्रता गुमाएर
अरुअरुले नै बनाएको फोहोरमा ।
कहिल्यै बग्न सकिनन्
स्वतन्त्र भएर सलल
खोसे मान्छेहरुले
स्वतन्त्रता उनको
खुल्न नसकेर कहिल्यै
पर्यावरणको तन्तु
मान्छेहरुको चेतमा
मात्रै सडकहरु बगिरहे
जुलुश भएर सलल
न रोक्यो कहिल्यै
पेटीमा थुपारिएको डंगुर फोहोरले
डण्डीफोर निचोरेको अनुहार जस्तो
काठ्माण्डौ खित्का छाड्छ
खुट्टा उचालेर अधुरो खुशीमा
नयाँ बजार
यौटा विचार भड्काउंछ
वालुवाटार
यौटा विचार अड्काउंछ
बल्खु ट्वाल्ल परिरहँदा
नयाँ बानेश्वर
लाजले टाउको झुकाउंछ
र भन्छ
काठ्माण्डौ बाहिर
खै नेपाल कहाँ छ ?
कर्णालीको आवाज
आवाजहरुकै भिडमा बिलायो
अब त रोल्पापनि
काठ्माण्डौ मै हरायो
निमुखो रत्नपार्क बरा !
अझै विचार बगाउंछ
उरालेर मान्छेहरु सडकमा
लहर - लहर
तरंग - तरंग
जुलुशहरुमा सलल
स्थिरप्राय: वाग्मती
पुलुक्क हेर्छिन काठ्माण्डौलाई
र भन्छिन
कठैबरा ! गति नेपालको
उन्को र मेरो नियति उस्तै
संधै रोकिनुपर्ने आफ्नो गति
स्वतन्त्रता गुमाएर
अरुअरुले नै बनाएको फोहोरमा ।
Monday, June 23, 2008
दुई गफहरु
गफ एक -
केहिदिन अगाडी मैले ब्लगर साथी आकारको ब्लग http://aakarpost.blogspot.com/ मा डा . कृष्णहरी बराल सरको गीतहरु सुनेको थिएं त्यसबेला मलाई आफ्नो ब्लगमा पनि किन आफ्नो गीत नबजाउने भन्ने लाग्यो । आकारजीसंग ईमेलमा सम्पर्क गरेर कसरी गर्ने भन्ने सोधिखोजी गरेर आज आफ्नो गीतहरु आफ्नै ब्लगमा सुन्नलाई उपलब्ध गराउन सकेको छु र यसमा मलाई खुशी लागेको छ । आकारजीलाई सहस्र धन्यवाद दिन चाहन्छु यसको निंती ।
मैले एक अञ्जुली माया नामको गिती एल्बम गतवर्ष नै तयार पारेको हुँ । आफैंले सबै खर्च बेहोरेर तयार पारेको यस एल्बमलाई बजारमा निकाल्ने जिम्मा लिएको धौलागिरी क्यासेट सेण्टरलाई मैले विज्ञापनको जिम्मा समेत दिएको भएपनि न आवश्यक विज्ञापन गर्यो न बजारमा नै कसैले देख्यो मेरो एल्बम । एक त आधुनिक गीतहरुको बजार कम भैरहेको अवस्था त्यसमाथी मलाई यसबारेमा धेरै थाहा नभएको र म यता अमेरिकामा भएको ; के चाहियो र धौलागिरीलाई झण्डै ३०० सिडीहरु र १०० / २०० क्यासेटहरु मलाई नै बेचेपछि धौलागिरीले मेरो एल्बम बजारमा पनि किन लानुपर्थ्यो र ? मसंग धौलागिरी प्रति असंतुष्टी भएपनि उसलाई केहि गर्न सक्ने अवस्थानै थिएन । यस्ता कुराहरुमा नियत नै ठग्ने भएपछि कस्को के लाग्छ ? न गीत संगितको क्षेत्रमै गतिलो कानुन छ (कुनै क्षेत्रमा नभएको) । खै बजारमा मेरो एल्बम किन देखिंदैन भन्दा विज्ञापनमा खर्च गर्नुपर्यो नि भन्ने जवाफ पाईने । आफ्नो तर्फबाट पनि विज्ञापनको निंती केहि नै नगरेको हैन तर स्थिती यस्तरी देखापर्दै आयो की विज्ञापनको लागी जतिनै गरेपनि हातलागी शुन्यको शुन्यनै हुने तसर्थ मैले बरु चुपचाप बस्नु नै निको ठानें । बरु मलाई अहिले खुशी लागेको छ ब्लगमा आफ्नो गीत सुनाउने उपाय फेला पारेर । मैले एक अञ्जुली माया नाम दिएर बनाएको अनलाईन गिती संग्रह ( http://ekanjulimaya.blogspot.com/ ) मा पनि मेरा गीतहरु सुन्ने ब्यावस्था गरेको छु ।
गफ दुई -
अहिले ईन्टरनेटको माध्ययमले हामी आफुले लेखेको गीत , कथा , कविता , गजल जेसुकै पनि तुरुन्तै सबैलाई बांड्न सक्छौं । ब्लग चलाउनेहरुले आफ्नो ब्लगमार्फत , ब्लग नचलाउनेहरुले पनि ईमेल मार्फत कुनै अन्तरजाल पत्रिकाका पठाएर आफ्ना रचनाहरु सबैलाई पुर्याउन सहज भएको छ । मेहनत गरेर कागजको पन्नामा सफासंग लेखि त्यसलाई खामबन्दी गरि हुलाक घर पुगेर पैसा खर्च गरिगरि रजिस्ट्री गरेर कुनै पत्रिकाको ठेगानामा पठायो र आफ्नो रचनाले स्थान पाउंछ कि भनि हरेक अंक किन्यो तर कहिल्यै स्थान नपाउंदा म लेख्न जान्दिनं कि के हो भन्ने भ्रम पाल्यो अनि अरुको रचनाहरु हेरेर हैन यो भन्दा त मेरो राम्रो थियो भन्दै भित्रभित्रै कुंढियो गर्नुपर्ने स्थिती अहिले रहेन ।
साहित्यकै कुरा गर्दा कसैकसैले अहिलेको समयलाई साईबर साहित्यको समय भनेर लेखेको पनि देखेको छु । वास्तवमै म पनि मान्छु यो साईबर साहित्यकै युग हो । आफ्नै कोठाभित्र बसेर हामी आफ्ना रचनाहरु अरुलाई विश्वको हरेक कुनामा सुनाउन सक्छौं । त्यसमाथी क्रिया प्रतिक्रिया गर्न सक्छौं । ईन्टरनेटमा देखापरेका भिभिन्न पत्रिकामा निकाल्न सक्छौं । यहाँ सम्म कि यौटै रचना २/३ वटा ईन्टरनेट पत्रिकामा छपाउन सक्छौं । म आफैंले पनि त्यसो गर्ने गरेको छु । कसैले कतै हेर्लान कसैले कतै , त्यसैले उपलब्ध सञ्जालमा सबैतिर छर्नसके धेरैले हेर्न पाउंथे भन्ने लाग्छ मलाई पनि । तर यो ठिक हो वा हैन भन्ने कुरामा चैं म अन्जान छु । मैले पठाउने गरेको धेरैजसो ईन्टरनेट पत्रिकामा यहाँ प्रकाशित रचनाहरु अन्यत्र प्रकाशित गर्दा स्रोत खुलाउन पर्ने वा मनाहि नै छ भनेर लेखेको देखेको छैन ; बरु कहिँ यहाँ प्रकाशित रचनालाई पारिश्रमिक उपलब्ध गराउंन असमर्थ छौं भन्ने लेखेको देखेको छु तर केहि हिंदी साहित्यिक पत्रिकाहरुले भने त्यस्तो प्रावधान राखेको देखें । जस्तै - http://srijangatha.com/ तव मनमा जिज्ञासा उठ्यो के उनिहरुले रचना संप्रेषण गरेबापत पारिश्रमिक दिने गर्छन र त्यसो गरेका हुन ? के नेपाली भाषाका ईन्टरनेट पत्रिकाले पारिश्रमिक नदिने भएर नगरेका हुन ? पारिश्रमिक दिईने रचनालाई अन्यत्र प्रकाशन गर्दा कि त स्रोत खुलाउनु पर्ने कि त निश्चित अवधीभर अन्यत्र प्रकाशन गर्न नपाउने भन्ने कुरासम्म ठिकै होला तर सित्तैमा रचना लिएर यो रचना अन्यत्र प्रकाशित गर्नुपर्दा स्रोत खुलाईदिनु या अन्यत्र नपठाउनु भन्नु कतिको उचित होला ? के रचनाकारले आफ्नो रचना कतै राख्दा या पठाउंदा जबर्जस्ती कसैको पत्रिकाको स्रोत खुलाएर विज्ञापन गरिदिनुपर्छ र ? अनि आफ्नो रचना प्रकाशनार्थ कुनै पत्रिकालाई दिएको अवस्थामा उक्त पत्रिकाले सित्तैमा रचना लिएर यो रचना अन्यत्र प्रकाशन नगर्नुहोला भन्न उचित हुन्छ ? मैले झैं सानोतिनो रचना लेख्ने कसैले पनि आफ्नो रचनाबाट पारिश्रमिक पाउने आशा गर्दैनन भन्ने मलाई लाग्छ । कुनै पत्रिकामा आफ्नो रचना पठाउंदा प्रकाशित हुनुलाई नै पारिश्रमिक सम्झन्छु म त अझ त्यसमा प्रतिक्रिया पाउंदा पुरस्कार पाए जस्तो महसुस हुन्छ त्यसैले होला सित्तैमा रचना उपलब्ध गराउंदा पनि यो रचना अन्यत्र प्रकाशित नगर्नुहोला भन्ने सुन्नुपर्दा कानलाई अप्ठ्यारो हुंदो रहेछ । (यो मेरो विचार है ; यस सम्बन्धमा नियम चैं के छ मलाई थाहा छैन ।)

Sunday, June 22, 2008
गजल : आधा बाँचें
फेरी गजलकै पालो पर्यो । यस्लाई रोक्नै सकिनं । म हाँसेको कुरा लेख्दैछु तर अझै धेरै घटनाहरु सम्झना आईहाल्छ कि भनेर अलि पर्खन मनलाग्यो र गजल नै राख्दैछु फेरी । मैले वसन्तजीको ब्लगमा शिर्षक विहिन कवितामा कमेण्ट लेख्दा आफ्नो तर्फबाट उक्त कवितालाई शिर्षक दिएको थिएं - 'आफ्नै खल्तिभित्र आधा म' भन्ने । त्यसले मलाई छाड्दैछाडेन र यो गजल लेखें ।
आफ्नै खल्तीभित्र म पनि आधा बाँचे ।
आफ्नै खल्तीभित्र पनि म आधा बाँचे ।
भएर आफ्नै नियतीको प्यादा , बाँचें
हर-हिसाब नमिल्दा हुण्डीमुण्डीमा ,
जिन्दगी कैले कम कैले ज्यादा बाँचें ।
वाँसुरी बजाउंदै आफैं कृष्ण बनि ,
नाम आफ्नै जपेर म राधा बाँचें ।
हत्यारा भनौं कि या भनौ अपराधी ,
शिकार गरेर ईच्छाको , ब्याधा बाँचें ।
कैले बाँधें बाचा कसम कैले तोडें ,
पटक् पटक् तर यौटै ईरादा बाँचें ।
विचारमा बाँच्न जीवन नसके नि ,
रुँदा , हाँस्दा र खेल्दा अनि खाँदा बाँचें ।
भन्नलाई ह्रदयमा 'दीपक' बाली ,
माहात्माको जस्तै जीवन सादा बाँचें ।

Thursday, June 19, 2008
गजल : लाखमा
शिर अडाई तिम्रो काखमा
मायाका कुरा गरुँ लाखमा
टल्के बिन्दुली झल्के त्यो फुली
तिम्रो माथमा तिम्रो नाकमा
वृक्षखोपीमा लुकेर चरी
नाचदै हेर शाखशाखमा
गीत गाएर हाम्रो मायाको
संधै सुनाउंछिन चाखमा
झनै देखिने म नै देखिने
हेरीरहुँ झैं तिम्रो आँखमा
हाम्रो मिलन माथी जलन
गर्ने दुनियाँ जलोस् राखमा ।
वसन्त सरलाई धन्यवाद ! मैले केहि फेरबदल गरेको छु ।

Tuesday, June 17, 2008
म आफैंलाई केलाउंदैथिएं
म आफैंलाई केलाउंदैथिएं । लाग्यो मैले यो हत्ते गर्नु हुंदैन । यो मरिहत्ते पट्टक्कै गर्नुहुंदैन । त्यसैले लाग्यो अब केहिदिन म सोच्दिनं ( नसोचि बस्न सक्ने कुरै भएन ) । हुनपनि उत्पातै गर्दैथिएं म । खै किन यस्तो गर्दैछु म ? कुरा लेखाईको हो । खै के को फुर्ती आएको हो मलाई ? ब्लगमा दिन नबिराई यौटा यौटा कुरा (कहिले गीत , कहिले गजल कहिले के , कहिले के ) राख्न लागेको छु । मेरो ब्लगमा पस्नेहरुलाई पनि दिक्क लाग्छहोला । पछिल्लो पटक यौटा गीत राखेको छु । त्यो लेखाई त्यस्तै परेर जुर्यो । त्यहि कुरा नै मैले पहिले गीतमै लेखिसकेको छु सायद । त्यसैले लेखेर ब्लगमा राखिसकेपछि मलाई स्थाईमा बाहेक अरुकतै मनपरेन त्यो गीत तै पनि मैले त्यो गीत हटाईनं बरु कुनैदिन फुर्सदमा त्यसलाई काँटछाँट गरुँला भन्ने मनमा आयो । त्यसपछि अर्को एउटा गजल केहिदिन अघि मात्र लेखेको राखेको छु । के मसंग ब्लगमा लेख्न अरुकुराहरु छैन ? खाली मैले मेरो ब्लगमा गीत , गजल , कविताहरु मात्र राख्नु ? यो प्रश्न गंभिर भएर मेरो सामु खडा भएको छ आजभोली । त्यसैले म ब्लगमा दिनहुँ पोष्ट थप्न छाडेको छु । त्यसैले मसंग केहि ड्राफ्टहरु थपिएका छन ब्लगमा । थपिउन म धैर्यले राख्दै जानेछु ।
मैले लेखनीमा गुणात्मक वृद्धि गर्दै जानेबेला हो अब संख्यात्मक वृद्धितिर लागें भने लेख्नु र नलेख्नुमा फरक नआउला । यो कुरा मैले लेख्न शुरु गर्दैतिर सिकेको हुँ आफ्नै दाजुबाट । प्रसंग उठेको बेला अलिकति कुरा जोडीहालौं - सानैदेखि मलाई लेखाईमा रुचि बढ्यो तर लेख्नलाई प्रेरणा मिल्ने खालको ठुलो संगत कहिल्यै पाईनं बरु अहिलेलाई मैले निक्कै ठुलो संगत पाएको छु ब्लगर साथीहरुको । सानो छँदा म र मेरो दाजुको होड चल्थ्यो कस्ले किताबमा पढेको कविताहरु रिट्ठो नबिराई कण्ठस्थ पार्ने भनेर , म उसलाई कहिल्यै जित्न सक्दिनथें । उसको दिमाग साह्रै चतुर थियो साथै साह्रै धारिलो पनि म अलि कमजोर नै थिएं तर पनि कविता घोक्ने कुरामा म पनि कम हुन्नथें । म आफुले कक्षामा दुई वर्षपछि पढ्नुपर्ने दाजुको किताबको कविता पनि सर्लक्कै कण्ठ पार्थें । म पाँचमा हुँदा हो बेलुका पढ्न हामी तिनजना भेला हुन्थ्यौं म मेरो दाजु र अर्को पनि मेरै दाजु , फुपुको छोरा । उनिहरु दुबै सातमा थिए । एक बेलुका मैले उनिहरुलाई धमास दिएं ' तिमरको किताबको कोपिला कविता मलाई कण्ठ छ ' भनेर । उनिहरुलाई कक्षामा नपढाएको पाठ भएकोले उनिहरुले पढेका भएपनि घोकेका रहेनछन तर मलाई कण्ठै थियो । उनिहरुले पत्याएनन र मैले कविता भन्नथालें उनिहरु किताबमा हेर्नथाले । मैले नबिराई कविता भनेर जितेको उनिहरुलाई मनपरेन क्यार मेरो दाजुले कविता लेख्ने प्रस्ताव निकाल्यो । सबै मञ्जुर भयौं र कविता लेख्न थाल्यौं । लेखेर सुनाएको कवितामा मेरो दाजुले नै राम्रो लेखेको थियो । मलाई अहिले न दाजुले लेखेको कविता याद छ न मैले त्यतिबेला के लेखेको थिएं याद छ तर मेरो फुपुको छोरा , दाजुले त्यतिबेला लेखेको कविता भने मलाई राम्रै याद छ । उनले यस्तो लेखेका थिए -
त्यो रुखमा बटर पाकेको
मेरो डरले त्यो केटा भागेको ।
हामीले ६/७ हरफ कविता लेख्दा उनले दुई लाईन मात्र लेखेका थिए । त्यसबेला हामीले उनलाई खुब जिस्काएका थियौ । 'बडहर' लाई बटर लेखेको भनेर र उनले नै भनेका थिए लेख्न खोज्दा नजिकैको बडहरको रुख सम्झना आएर लेखेको भनेर । यसरी नै लेख्ने बानीको बिकाश हुंदै गएर पछि ९ /१० कक्षामा पुग्दा मैले कविताहरुले यौटा सिंगै कापी भरेको थिएं । संख्याको हिसाबमा मसंग मेरो दाजुको भन्दा धेरै कविता थिए । त्यो पनि उसलाई मननपरेर हुनुपर्छ दाजुले मलाई भनेको थियो तँ संख्या बढाएर हजारवटा कविता लेख तर मैले गुण बढाएर लेखेको १० वटा कविताले जित्छ । मलाई साह्रै घत लागेको थियो उसको कुरा । यहि कुरा पछि अन्त पनि सिकें मैले तर पहिले दाजुले नै सिकाएको थियो ।
मलाई दाजुले नेपालका कविहरुको बारेमा पनि कतिकुरा बनाएरै भएपनि सुनाउंथ्यो । विचरा ! उसले पनि सिक्न कहाँ पाउंथ्यो र ? हामीदुबैले किताबहरु पढ्न पाउने अवसर उस्तै त थियो आँखिर । जे होस उसले मलाई सुनाएको उसको बनावटी कुरा भएपनि यौटा यस्तो थियो - लक्ष्मीप्रसाद देवकोटा , लेखनाथ पौड्याल र बालकृष्ण सम ( उसले यि नै तिनजनाको नाम लिनु चाँही मलाई गफदिंदा तुरुन्तै सम्झनामा आएका नामहरु हुन सक्छन , अहिले मैले अनुमान गर्दा ) का कविताहरुमा लक्ष्मीप्रसाद देवकोटाका कविताहरु जंगलका फूलहरु हुन त्याँहा सुन्दर लालीगुराँस देखि बनमारा सम्म फुलेका हुन्छन । लेखनाथ पौड्यालका कविताहरु यौटा फूलबारीका कविताहरु हुन त्याँहा छानीछानी रोपिएका सुन्दर फूलहरु सयपत्री , मखमली ईत्यादी हुन्छन तर लालीगुराँस हुंदैन र बालकृष्ण समका कविता गमलाको फूल हो त्याँहा विशेष गरेर फुलाएको गुलाफ जस्ता फूलहरु हुन्छन । यो उसले सिकेको , सुनेको , पढेको आधारमा थपेर मलाई दिएको गफबाहेक केहि नभए पनि केहि हदसम्म मलाई चित्त बुझेको थियो उ बेला । अहिले सम्झंदा लाग्छ हामी फराकिलो आकाश खोज्थ्यौं त्यो बेला , साहित्यमा ज्ञानको सागरमा पौडन चाहन्थ्यौं त्यो बेला तर हाम्रो शिरमाथी न आकाश थियो फराकिलो न पौडनलाई सागर नै कहिँ । अहिले मेरो दाजुले लेख्न छाडीसक्यो लेखिरहेको भए उ म भन्दा धेरै राम्रो लेख्न सक्थ्यो । म चाहीँ लेख्दै नै छु जे पायो तेहि भए पनि निरन्तरता दिईरहेछु लेखनीलाई तर यहि निरन्तरता केहिदिन यता मलाई बिझाउन थालेको भान भैरहेछ ।
अब लेख्दा मैले लेखाईमा आफ्नो वजनको हेक्का राख्नुपर्छ कि पर्दैन भन्ने प्रश्न दिमागमा उठ्न थालेको छ । खासगरी पछिल्ला केहिदिन मैले दिन नबिराई ब्लगमा पोष्ट राख्न थालें । हरेक पोष्टमा कि कविता , कि गीत , कि गजल आदि हुनथाले र अझै नभएर ड्राफ्टको रुपमा पनि बस्न थाले । अन्य मैले नियमित हेर्ने साथीहरुको ब्लगमा कति शान्त र सौम्य तवरले विस्तारै पोष्ट थपेको पाएं त्यसैले मलाई लाग्यो अब मैले अलिकति फरक ढंगले प्रस्तुत हुनुपर्छ बरु ड्राफ्टनै राखेर पनि यस्तै गन्थन मन्थन लेखेर पोष्ट गर्नुपर्छ बरु तर ब्लगमा पस्नेलाई नै दिक्क लाग्ने गरेर एकोहोरो रचना थुपार्नु हुंदैन भन्ने सोच आयो । यहि सोचले लेखनीमा संख्यात्मक हैन गुणात्मक वृद्धि गर्नुपर्छ भन्ने सोचपनि ल्यायो । त्यसो त म सक्दिनं नलेखि । केहि न केहि दिमागमा गुजुल्टिन शुरु भैहाल्छ र त्यसलाई फुकाउन खोज्दा कि त गजल कि त कविता आदिको जन्म भैहाल्छ र अर्कोकुरा के पनि हो भने गुणात्मक वृद्धि गर्नको लागी कम लेख्न थाल्यो भने झन अभ्यासमा कमि हुन गएर गुणमा अझ ह्रास पनि त आउला । एकातिर यो गुण र संख्यालाई ध्यानमा राखेर कम लेख्ने हो कि अझ धेरै लेख्दै जाने हो साँच्चै द्विविधामा परेको छु म भने अर्कोतिर लेख्ने क्रमको गति अझै उस्तै छ खालि ब्लगमा राख्ने क्रममा न्युनिकरण गर्ने सोच बनाएको छु त्यसो गर्नलाई पनि मन थाम्न सक्छु कि सक्दिनं त्यो चैं आफैंले पनि हेर्नैपर्छ ।

Monday, June 16, 2008
गजल : सकेन रोक्न मलाई ।
लर्बराए खुट्टा आफ्नै मानेनन बोक्न मलाई ।
भट्टी पुगें तर मनले सकेन रोक्न मलाई ।
भन्दछन लौ साह्रै बिग्रिस् तँ त बद्री भन्दापनि ,
आफुले चैं कहिले पनि सकिनं जोख्न मलाई ।
धेरै नै भनें कसैसंग कुनै अधिकार छैन ,
पियो भनेर जँड्याहामा हलुकै तोक्न मलाई ।
कैले अबेर घर आईंनं धम्कि पनि दिईनं ,
छाडिनन् कसै गरेपनि प्रियाले टोक्न मलाई ।
होस आफ्नो कहिल्यै गुमाईंन जति पिएपनि ,
जित्न त कसैले सक्दैन कहिल्यै धोक्न मलाई ।
भाटे कार्बाही गर्ने हो भन्दै केटाकेटीले घेरे ,
सम्झाउंदा नि राखेनन् बाँकी तिन्ले ठोक्न मलाई ।
तिम्रा मनको 'दीपक' आँखिर बालिदियौं हाम्ले ,
भन्दै संधै भेटमा तिन्ले छाडेनन् खोक्न मलाई ।

Friday, June 13, 2008
गीत : आज यो के दुख्दैछ नि ?
मसंग नि घाउ छैन , छैन घाउ तिमीसंग नि
भन फेरी हामी बिचमा आज यो के दुख्दैछ नि ?
पाईला जहाँ टेकें मैले त्यहीँ तिम्रो मुटु थियो कि ?
लाग्यो कि कतै त्यो मुटु जानीजानी कुल्चिदियो कि ?
मायाको शिखर आज किनहोला झुक्दैछ नि

सक्दिन कि मेरो मायाले यौटा सानो संसार थेग्न
किन सक्दिनं म आफु भित्रको कमजोरी देख्न ?
किन आफ्नै मनको आँखा आफैंबाट लुक्दैछ नि ?

कति गाह्रो दुखेरै पनि आज आँखा रुन सक्दैन
दुखेको यो मनले फेरी तिमीलाई छुन सक्दैन
छातीभित्र मायाको मूल किन आज सुक्दैछ नि ?

Thursday, June 12, 2008
गजल : कागका हुल छन
बकुल्लो एउटै परें म त यहाँ कागका हुल छन ।
सिध्याउन के बेर मलाई यहाँ बाघका हुल छन ।
जताततै हेर विषालु ति गोमन र करेत जस्तै ,
कर्कट , कुलिर , तक्षकझैं यहाँ नागका हुल छन ।
देखिंन मैले खै के पाएं यहाँ सधैं खाली रित्तो म छु ,
अरुका हेर लौ आफ्ना आफ्ना यहाँ भागका हुल छन ।
झट्ट हेर्दा सबको टाउको मान्छेकै हो झैं देखिन्छ ,
संगत गर्दाकन था'हुन्छ यहाँ छागका हुल छन ।
अंगारको पनि बरु मुल्य होला मेरो तर छैन क्यै ,
बहुमुल्य देखिन्छन सबै यहाँ खागका हुल छन ।
एक्लो यस्तरी भईछस् ए ! 'दीपक' तँ त सडक जस्तै ,
त्यहीं टेकीहिंड्ने अनेकौं यहाँ सुहागका हुल छन ।

Subscribe to:
Posts (Atom)