आज पनि एउटा दिन गलेर गयो
बिहानको उमंग
दिन छिप्पिन नपाउंदै शिथिल भएको
मैले आफ्नै आँखाले देखें
बेलुकी सम्ममा थाकेर
लत्र्याकलुत्रुक म
आफ्नै मनको आँगनमा निस्किएं
मनकै आँगनको डिलमा थचक्क बसें
पछाडी फर्केर हम्केरा हाल्दै
बलेंसी हेरें
अझै छन त्याँहा
बलेंसीमा बगेका रगतका टाटाहरु
कैले यो मन खुर्कीखार्की पारेर
फाल्नु रगतका ति टाटाहरु
र सफा पार्नु यो मनको घर आँगन ?
खुईय ! सुस्केरा काढेर
घर हेरें
अहँ छैन मेरो घर
अझै नियाँलेर हेरें
देखिनं कतै
मेरो मनको घर
यो रातको निश्पट्ट अंधकारले
घ्वाप्पै छोपेको हो कि
साँच्चै हराएको हो मेरो मनको घर ?
भाउन्न छुट्यो मलाई
अहो ! मेरो घर साँच्चै हरायो
जुरुक्क उठें
आँखा अगाडी तिर्मिर तिर्मिर
ताराहरु झिल्किए
के ले के ले मलाई
फन्फनी घुमायो
हैन म ढल्दिनं
ढल्नु हुंदैन मैले
आँखै सामु हेर्दाहेर्दै हराएको
मेरो घर खोज्नु छ मैले
खै मेरो घर ?
Tuesday, June 03, 2008
Sunday, June 01, 2008
मैले के गरें ?
गत २/३ दिनदेखि लागीपरेर एक अञ्जुली माया नामको आफ्नै एक सय एघार वटा गीतहरु समेटिएको अनलाईन गिती संग्रह तयार गरें । ब्लगस्पट डट कमको उपयोग गर्दै ब्लगको एकै पोष्टमा मैले सबै गीतहरु अटाएको छु र त्याँहा अरु थप कुनै पोष्ट राख्नेछैन । मेरो अनलाईन गिती संग्रहमा पस्ने लिंक http://ekanjulimaya.blogspot.com/ हो। मैले यसै ब्लगको अन्य सम्पर्कहरु राखेको ठाउँमा पनि उक्त लिंक राखेको छु । त्यसैगरी नेपाली ब्लगरहरुको मुलघर ( ब्लग डाईरेक्ट्री ) मा पनि एक अञ्जुली मायाको लिंक राखेको छु । आशा गर्छु यस ब्लगमा आईपुगेपछि तपाईं अवश्य एकपटक एक अञ्जुली माया भित्र पस्नुहुने छ र एक अञ्जुली मायाको लागी अमुल्य प्रतिक्रिया पनि छोडिदिनुहुनेछ । अहिलेलाई आउनुहोस मैले २०५१ सालको तिहारको बेला लेखेको यौटा गीत /गजल एक अञ्जुली माया भित्रैबाट यहाँ राख्दैछु ।
---
बर्वाद म भएको तिमी हेर्न आउ
लेखिदिन्छु यौटा गजल
तिमी त्यसलाई गाउ ।
रमिता कतिलाई कतिलाई तमाशा
बनेछु म त एक ब्यंगचित्र
कोरिदिन्छु म यौटा प्रति
त्यसलाई कोठामा सजाउ
बर्वाद म भएको तिमी हेर्न आउ ।
कतिताल म छोपुँ कतिताल लुकाउँ
भएछु म त एक बाद्ययंत्र
दिईदिन्छु म तिमीलाई
लगेर तिमी बजाउ
बर्वाद म भएको तिमी हेर्न आउ ।
---
बर्वाद म भएको तिमी हेर्न आउ
लेखिदिन्छु यौटा गजल
तिमी त्यसलाई गाउ ।
रमिता कतिलाई कतिलाई तमाशा
बनेछु म त एक ब्यंगचित्र
कोरिदिन्छु म यौटा प्रति
त्यसलाई कोठामा सजाउ
बर्वाद म भएको तिमी हेर्न आउ ।
कतिताल म छोपुँ कतिताल लुकाउँ
भएछु म त एक बाद्ययंत्र
दिईदिन्छु म तिमीलाई
लगेर तिमी बजाउ
बर्वाद म भएको तिमी हेर्न आउ ।
Wednesday, May 28, 2008
गीत : नयाँ दिन आयो
नयाँ दिन आयो कसरी म भनुँ
छैन कतै नि उज्यालो
हावाको एक झोंका संगै
निभेछ दियालो ।
बेफुर्सदी मान्छे सबै संधैं नै हतारो
भ्याई नभ्याई दौडादौडी फेरी नि पसारो
उहि कर्म गर्नै पर्ने बाध्यता के साह्रो
नयाँ दिन आयो कसरी म भनुँ
छैन कतै नि अनौठो
साँझ बिहान निल्नैपर्ने
भए नि नमिठो ।
सबै खोज्छन जिन्दगीमा केहि बेग्लै गरुँ
भेटे सम्म नयाँ नौलो आफु एक्लै गरुँ
सके देखि आफुं मात्रै बैतरणी तरुँ
नयाँ दिन आयो कसरी म भनुँ
छैन कहिँ नयाँनौलो
भोग्नै पर्ने जिन्दगीमा
सधैं यै पुरानो ।
नयाँ दिन आयो भनेपनि यो गीत पुरानो हो । अहिलेको नयाँ परिवेशमा यो गीतको सम्बन्ध छैन ।

Tuesday, May 27, 2008
बधाई !!
गणतन्त्र नेपाल - जिन्दावाद !
गणतन्त्र नेपालको असिमित सपनाहरु क्रमैसंग पुरा हुँदै जाओस् । शुभकामना नेपाल र हामी नेपालीहरुलाई । सताब्दीयौंको अन्यायमा र दशकौंको द्वन्दमा पिल्सिएको हाम्रो समाजमा दिगो शान्ती तथा समुन्नती ल्याउन आ आफ्नो ठाउँबाट पहल गर्नुहुने सम्पुर्ण गणतन्त्रका सेनानीहरुलाई श्वेत सलाम् ।
- दीपक जडित
१५ जेष्ठ २०६५
कविता : झुप्रो र नयाँ नेपालको खुशी
त्याँहा खुशी छ आमा
केवल खुशी मात्रै छ
हामीले यो झुप्रोमा
कहिल्यै नदेखेको
नयाँ नेपालको खुशी छ त्याँहा
हाम्रो यो झुप्रो भन्दा ठुलो
हो आमा साँच्चै ठुलो खुशी छ
त्यो खुशी कति छ भनेर
तिमीलाई पत्याउन गाह्रो पर्छ
तर त्यो खुशी छ आमा त्याँहा
उ हेरत
मान्छेहरु रमाईरहेछन
पटाका फोर्दैछन कोही
दीपावली गर्दैछन कोही
हुलका हुल भएर अबिर जात्रामा
एक अर्कालाई रंगाएर
त्यो खुशी साट्दैछन आमा
यति बिघ्न खुशी
मैले कैले देखेको थिईन आमा
त्यो खुशी
तिम्रो माने बटुकामा पनि अट्दैन
न मैले माथ्लो घरमा
मोई माग्न जाँदा लग्ने
सिलिबरे लोहोटामा अट्छ
तिमीले भर्खरै टालेको
अढाई मने बोरामा पनि नअट्ने त्यो खुशी
हाम्रो झुप्रो भन्दा धेरै ठुलो छ आमा
भनन आमा
क - कस्को होला त्यो खुशी ?
के त्यो खुशी
आईपुग्ला कहिल्यै
हाम्रो यो सानो झुप्रो सम्म ?
केवल खुशी मात्रै छ
हामीले यो झुप्रोमा
कहिल्यै नदेखेको
नयाँ नेपालको खुशी छ त्याँहा
हाम्रो यो झुप्रो भन्दा ठुलो
हो आमा साँच्चै ठुलो खुशी छ
त्यो खुशी कति छ भनेर
तिमीलाई पत्याउन गाह्रो पर्छ
तर त्यो खुशी छ आमा त्याँहा
उ हेरत
मान्छेहरु रमाईरहेछन
पटाका फोर्दैछन कोही
दीपावली गर्दैछन कोही
हुलका हुल भएर अबिर जात्रामा
एक अर्कालाई रंगाएर
त्यो खुशी साट्दैछन आमा
यति बिघ्न खुशी
मैले कैले देखेको थिईन आमा
त्यो खुशी
तिम्रो माने बटुकामा पनि अट्दैन
न मैले माथ्लो घरमा
मोई माग्न जाँदा लग्ने
सिलिबरे लोहोटामा अट्छ
तिमीले भर्खरै टालेको
अढाई मने बोरामा पनि नअट्ने त्यो खुशी
हाम्रो झुप्रो भन्दा धेरै ठुलो छ आमा
भनन आमा
क - कस्को होला त्यो खुशी ?
के त्यो खुशी
आईपुग्ला कहिल्यै
हाम्रो यो सानो झुप्रो सम्म ?
Friday, May 23, 2008
ह्यापी बर्थ डे टु मी
२०३३ सालको जेष्ठ १० गते जन्मेको म आज २०६५ सालको जेष्ठ १० गते भै सक्यो । अहो ! म ३२ वर्षको भै सकेछु । शुभकामना छ मलाई जन्म दिनको । मैले आज मलाई जन्मदिनको उपहार स्वरुप यौटा गजल लेखेर दिएको छु । यसरी -
भन्लान 'दीपक' बल्दैछ आज ।
नगद् भै हात्हातै चल्दैछ आज ।
मलिलो त्यो मनको खेतैभरी ,
फूल्दैछ ए ! अझ फल्दैछ आज ।
दाईने उसैको चन्द्रमा परे ,
दुई हातै लड्डु , मल्दैछ आज ।
कान्ती अन्वारको देख्नेहरुले ,
बुझ्लान त भित्र जल्दैछ आज ?
उधारो काढेर जिन्दगीसंग ,
अन्वारमा खुशी दल्दैछ आज ।
नौका चलाई भवसागरमा ,
आँधी र तुफान छल्दैछ आज ।
पैंसठ्ठी , दश जेठ भईसक्दा ,
आयुमा वर्षथप् ढल्दैछ आज ।
भन्लान 'दीपक' बल्दैछ आज ।
नगद् भै हात्हातै चल्दैछ आज ।
मलिलो त्यो मनको खेतैभरी ,
फूल्दैछ ए ! अझ फल्दैछ आज ।
दाईने उसैको चन्द्रमा परे ,
दुई हातै लड्डु , मल्दैछ आज ।
कान्ती अन्वारको देख्नेहरुले ,
बुझ्लान त भित्र जल्दैछ आज ?
उधारो काढेर जिन्दगीसंग ,
अन्वारमा खुशी दल्दैछ आज ।
नौका चलाई भवसागरमा ,
आँधी र तुफान छल्दैछ आज ।
पैंसठ्ठी , दश जेठ भईसक्दा ,
आयुमा वर्षथप् ढल्दैछ आज ।
Thursday, May 22, 2008
चुवा फूलको सुगन्धमा लठ्ठीएर
नोभेम्बर ७ , २००७ मा म एरिजोनाको फिनिक्सबाट आलोहा एयरलाईन्सको विमान चढेर हवाईको माउई टापुमा ओर्लिएं । अंग्रेजीमा Maui लेखिने यो टापुलाई नेपालीमा मावी भन्ने हो कि माउई भन्ने ? म अन्यौलमा छु जे होस म माउई नै भन्न उपयुक्त ठान्छु । अमेरिका आएको पाँचौं वर्षमा म मेनल्याण्ड छाडेर पहिलोपल्ट यो टापुमा काम गर्नको लागी आएको । संधै विशिष्ट ब्याक्तित्वहरुले कुनै गोष्टी वा विषेश कार्यक्रममा भागलिन जाने क्रममा लेखिएका लेखहरु पढ्ने बानी परेकालाई विषेश शैक्षिक तथा वौद्धिक परिचय बनाउन नसकेको म जस्तो सामान्य ब्याक्तीले लेखेको बयान पढ्दा बेकार लाग्न सक्ला त्यसको जिम्मेवार म हुन सक्दिनं त्यसैले तपाईंको समयको ख्याल आफैं गर्नुहोला । घुम्नको लागी अन्यत्र ( अरु स्टेटमा ) गए बाहेक मैले लगभग पुरै समय कोलोराडोमा बिताएं । कोलोराडोलाई नेपालसंग मिल्दोजुल्दो भनिए पनि म झापामा हुर्के बढेको हुनाले मलाई कोलोराडोको बनस्पति , हावापानी ईत्यादी नेपालमा मैले भोगेको भन्दा बिल्कुल भिन्नै लागेको थियो तर यहाँ माउईमा साँझपख पहिलो पल्ट पाईला टेक्दा नै मलाई आफ्नै भुमीमा टेके झैं हर्ष लाग्यो । दिनभरीको उष्णताले तताएको माटोको मिठो हरक नाकमा आउंदा मलाई मेरो घ्राण शक्ती अझै सजिव रहेछ भनेर उत्पात खुशी लाग्यो ।
विमानस्थलबाट बाहिरिंदा एकहुल मानिसहरु हातमा चुवा फूलको माला लिएर आगन्तुकलाई लगाईदिंदै आलोहा भन्दै गरेको सुनियो । हवाईयन भाषामा आलोहा शब्द स्वागत गर्न तथा विदाई गर्न पनि प्रयोग गरिने रहेछ हामिले नमस्ते भने जस्तै । हवाईयन भाषामा मैले सुनेजानेको पहिलो शब्द आलोहा हो । म आएको एयरलाईन्स पनि आलोहा तर अहिले अमेरिकाको आर्थिक मन्दीको मारमा परेर ७० वर्षको ईतिहास बोकेको आलोहा एयरलाईन्स टाट पल्टीसकेको छ । संगै हुनुहुने दाइले चुवा फूलको माला सहित सत्कार पाउनेहरुलाई धन भएका बुद्धि नभएका भनेर टिप्पणी गर्नुभयो । पहिले नै बस्ने ठाउं , घुम्ने ठाउँ ईत्यादीको प्रबन्ध मिलाएर टुर प्याकेजमा आउने उनिहरुले त्यो मालाको पनि कम्तीमा बिस डलर तिर्नु परेको हुन्छ वहाँको तर्क थियो । मलाई भने उनिहरुले गलामा पहिरिएको चुवा फूलको मनमोहक सुगन्धले लठ्याएर आफ्नो गाउँ पुर्याईसकेको थियो । अंग्रेजीमा प्लुमेरिया भनिने यो फूललाई म चुवाफूल भन्छु अरुले अर्थोकै भन्दाहोलान । यौटै भाषामा पनि यौटै कुराको अलग अलग नामहरु हुन्छन ।
मेरो गाउँभित्र यौटैमात्र चुवा फूलको बोट थियो । अन्तरेकाका र भण्डारी दाईको घरको करेसो जोडिएको सिमानामा भएको त्यो फूलको बोट अब त छैन पनि होला । हामीकहाँ लोप हुंदै गएका बनस्पतीहरु जोगाउनु पर्छ भन्ने सोचको अझै विकाश भै सकेको छैन । त्यसैले धेरै बनस्पतीहरु आज हाम्रो बाल्यकालका धमिलो सम्झनामा मात्र बाँकी रहेका छन । त्यस्तै मध्येको त्यो चुवाफूलको बोटसंग पनि मेरो साईनो अझै मेटीईसकेको रहेनछ त्यसैले त हवाईमा चुवा फूलको सुगन्धमा लठ्ठीदा पनि म गाउँमै पुगें । चुवाफूल घर वरपर रोप्नु हुन्न भन्ने मान्यता पनि थियो मेरो गाउँमा । मलाई आँगनमा फूलहरु रोप्ने साह्रै सोख थियो । धेरै फूलहरु मैले आँगन वरीपरि रोपेको पनि थिएं । एकपल्ट चुवा फूल ल्याएर रोप्दा आमाले यो आँगनमा रोप्नु हुन्न यसको जरा घर भित्र पस्यो भने घरमा राम्रो हुंदैन भन्नु भएको थियो त्यसैले मैले आँगनमा चुवा फूल हुर्काउंन सकिंन । आज हवाईका हरेक घरहरु चुवा फूलले शोभायमान देख्दा मैले किन विरोध गरेर त्यसबेला चुवा फूल रोपिनछु भनेर पश्चताप लागेको छ । त्यसो त त्यसैबेला रातो शिरिषको , रुख कटहरको र करविरे फूलको र बैंशको रुखको जराहरु पनि घरभित्र पस्यो भने राम्रो हुन्न भन्ने मान्यता थियो तर ति सबै बनस्पतीहरु भने मेरो घर वरीपरी थिए ।
अन्तरे काका र भण्डारी दाईको घर नजिक भएको त्यो चुवा फूल आज मासिएर जानुमा यस्तै अन्धविश्वासले पनि केहि हद सम्म काम गर्योहोला । त्यसबेला त्याँहा ठुलो फराकिलो चौर पनि थियो । हामी केटाकेटीहरु त्याँहा दिनभरी खेल्ने गर्थ्यौं । त्यसबेला मैले हाम्रो गाउँ नजिकै बस्ती रहेको आदीबासी जाती सतारहरुले चुवा फूल टिपेर कानमा तथा चुल्ठोमा सिउरिएर किष्णे खोलामा माछा मार्न गएको पनि देखेको थिएं । हामी कैलेकाहीँ बद्मासी गरेर खोलामा माछा मार्न सतारहरुले बाँधेको बाँध भत्काईदिने पनि गर्थ्यौं । नेपालमा मैले सतार जातीले मात्र कानमा सिउरिएको देख्ने गरेको चुवा फूल यहाँ पनि हवाईयनहरुले कानमा सिउरिएको देखें । नेपालमा सतारहरुले चुवाफूल कानमा सिउरिनुको अर्थ बुझ्ने मैले प्रयास गरिनं तर यहाँ भने त्यसको पनि अर्थ हुंदोरहेछ । प्याट्रिक नाम गरेको एकजना हवाईयनसंग सोध्दा उसले भन्थ्यो - केटीहरुले दाईने कानमा चुवा फूल सिउरिएका छन भने उनिहरुको बिहे भै सकेको छ अथवा केटा छ भन्ने अर्थ हुंदो रहेछ । देब्रेकानमा सिउरिनेको भने बिहे पनि भएको छैन र केटा पनि छैन भन्ने अर्थ हुने रहेछ त्यस्तौ शिरमा माथीपट्टी अर्थात टुप्पीतिर सिउरिएको छ भने यौन सम्पर्कको लागी तयार छु भन्ने अर्थ हुंदोरहेछ । अचम्म लाग्यो यो प्रचलनको यस्तो अर्थ हुन्छ भन्ने थाहा पाउंदा । नेपालमा पनि सतार जातीमा यस्तो अर्थ हुन्थ्यो कि जान्ने खुल्दुली जागेको छ ।
यो टापुमा मलाई अनौठो लागेको कुरा यहाँ सर्प हुंदैन रहेछ । जलवायुपनि झापातिरको जस्तो हुने र घना जंगल पनि भएको यो ठाउँमा मलाई विषालु सर्पहरु हुन्छ होला भन्ने लगेको थियो तर न यहाँ सर्प छ न बाँदरहरु नै छ जंगलमा । यहाँ सर्प किन नभएको त ? मैले एकजना स्थानिय मानिसलाई सोधेको थिएं । सायद यहाँ सर्प उत्पती नै भएन र बाहिरबाट पनि आई पुगेन भनेका थिए उनले । सर्प नहुने अरुपनि धेरै यस्तै गर्मी टापुहरु छन भन्थे उनि । यहाँ जंगलभरी अंबाका रुखहरु , बनकेराका घारी , जंगली बाँसको घारी ईत्यादी देख्दा अनि सबैतिर नरिवलका रुखहरु , आँपमा रुखहरु देख्दा मलाई आफ्नो ठाउँको तिर्सना मेटिएझै लाग्यो । यहाँका मान्छेहरुसंग आफ्नो ठाउँको कुरा गर्नु पर्यो भने म खाली हाम्रोमा समुन्द्र छैन बाँकी सबैकुरा छ हामीसंग भन्ने गर्छु । मलाई यहाँको आँपहरु देखेर पनि अचम्म लाग्यो । यौटै बगैंचाभित्र कुनै आँप फुल्दै हुन्छ , कुनै कोया पस्ने बेला भएको हुन्छ त कुनै फुल्ने सुरसारनै नभएको पनि हुंदो रहेछ । यहाँ प्रमुख उत्पादन हुने कुरा चाहीँ उखु खेती र भुईँ कटहर खेती रहेछ । यो टापुको लाहैना भन्ने ठाउँमा यौटा वरको रुख हर्न लायकको रहेको छ । सन १८७३ मा भारतबाट ल्याएर रोपिएको उक्त वरको रुख सम्भवत अमेरिकाकै सबैभन्दा ठुलो वरको रुख हो । फ्लोरिडामा यो भन्दा ठुलो छ भन्ने पनि सुनेको छु तर मैले त यति अजंगको ठुलो रुख कहिँ कहिल्यै देखेको थिईनं । मैले मेरो फोटो ब्लगमा उक्त रुखको फोटोहरु राख्ने विचार गरेको छु ।
हामीकहाँ पनि सयौं वर्ष पुराना वरका रुख होलान तर हामी बनस्पतीलाई उचित संरक्षण गरेर त्यसलाई फैलन दिदैनौं हामीलाई त्यसले फैलेर ओगट्ने जमिनको लोभ हुन्छ तर यहाँ भारत देखि ल्याएको यौटा वरको रुखलाई उचित संरक्षण गरेरै सम्भवत संसारकै सबैभन्दा ठुलो (संसारको सबैभन्दा ठुलो वरको रुख भारतकै कलकत्तामा रहेको भएको भएपनि त्यसको मुलकाण्ड मरिसकेको छ ।) वरको रुख बनाएर दैनिक हजारौं पर्यटकहरु लोभ्याउन सफल भएका छन । हामी अझैपनि अन्धविश्वासले गर्दा आँगनमा चुवाफूल रोप्न नसकेर चुवाफूलकै अस्तित्व मेटीरहेका छौं । हामीले कैले सिक्ने होला बनस्पतीको उचित संरक्षण गरेर पनि हामी फाईदा लिन सक्छौ भनेर ? मलाई यहाँ प्रत्येक दिन मनमोहक सुगन्ध छरेर फुलीरहेको , मेरो गाउँमा लोप भै सकेको , चुवा फूल देख्दा गाउँको सम्झना मात्रै आउंदैन बल्की इर्ष्या पनि लाग्छ यिनिहरु देखि संगसंगै पश्चताप पनि लाग्छ मैले चुवा फूल किन रोपिंन भनेर ।

Tuesday, May 13, 2008
गजल : मनहरु फाटेर गए
मनसंग मनहरु फाटेर गए
संधै हिंड्ने बाटोपनि काटेर गए
थाकीसके पर्खेर यता बस्नेहरु
पर्खाउंने जति सबै ढाँटेर गए
कति दह्रो कति अटल विश्वास थ्यो
विश्वास संगै लौ धोका साटेर गए
रिसराग झै झगडा केहि नभई
कलहको लठारोनै बाटेर गए
विचारमा ब्यावहारमा फरक् थे'न
तर सिद्दान्तको भाषण् छाँटेर गए
'दीपक'ले फाट्नुपर्ने कारण बुझ्दा
उल्टै उस्को मगज नै चाटेर गए ।
संधै हिंड्ने बाटोपनि काटेर गए
थाकीसके पर्खेर यता बस्नेहरु
पर्खाउंने जति सबै ढाँटेर गए
कति दह्रो कति अटल विश्वास थ्यो
विश्वास संगै लौ धोका साटेर गए
रिसराग झै झगडा केहि नभई
कलहको लठारोनै बाटेर गए
विचारमा ब्यावहारमा फरक् थे'न
तर सिद्दान्तको भाषण् छाँटेर गए
'दीपक'ले फाट्नुपर्ने कारण बुझ्दा
उल्टै उस्को मगज नै चाटेर गए ।
Monday, April 28, 2008
मैले बुझेको सत्य
" साहित्य समाजको दर्पण हो " कसैले भने , हो पनि समाजमा देखिने विचित्र चित्रहरु नै शब्दको आकारमा साहित्यको ऐनामा हेर्न पाईन्छ तर यसको अर्थ साहित्यमा जे जति लेखिन्छ शत प्रतिशत सत्य तथ्य नै लेखिएको हुन्छ भनेर सोच्नु चाँही अलि गलत हुन्छ कि ? साहित्यमा वास्तविकता संग कल्पना उत्तिकै घोलिएर आएको हुन्छ । धेरैले धेरै अगाडी नै उल्लेख गरिसकेको कुरालाई मैले यहाँ उठाउंदैछु यसकारण हैन कि मेरो ब्लगमा आउनुहुनेलाई यो कुरा थाहा छैन बल्कि यसकारण कि मेरो ब्लगमा आउने मध्ये कुनै एक पात्रा , जस्को एक एक प्रतिक्रियाले मेरो जिन्दगीमा महत्व राख्छ , ले यस्लाई गलत बुझिदिएको हो कि भन्ने आशंकाले । कुनै बेला लेखाईमा कुनै खास क्षणले पारेको प्रभावहरु मात्र हुन सक्छ भने कुनै बेला कोरा कल्पनालाई मात्र पनि लेखिन सक्छ अत मेरो अनुरोध - मेरो लेखाईबाट नै मेरो सम्पुर्ण मुल्याँकन नहोस ( सतही हुन्छ त्यस्तो मुल्याँकन ) ।
शंकाले लंका हान्छ भन्ने उखान सुन्दा सामान्य लाग्ने भएपनि यो यथार्थ हो । अहिले म भित्रको आशंकाले भने मलाई कुनै लंका भस्म गराउनु छैन / गर्ने पनि छैन केवल दुई मनबिचको गलत बुझाईले निर्माण गरेको खाडल पुर्ने प्रयास मात्र हो । मनहरु बिचको दुरी सम्बन्धमा पनि मेरो भने आफ्नै धारणा छ । म ठान्छु एक मनदेखि अर्को प्रत्येक मन संगको दुरी बराबर हुन्छ । कुनै मनहरु नजिक वा टाढा हुंदैनन । कैलेकाँही हामीले कसैलाई आफ्नो मनको नजिक राखेको छौं भन्ने ठान्छौ भने कसैलाई टाढा राखेको छौं भन्ने ठान्छौं तर वास्तविकतामा त्यो सोचाईहरुको भ्रम मात्र हुन्छ । दुई मनहरु बिचको दुरी त संधै एक देखि प्रत्येक अर्को मनसंग संधै बराबर हुन्छ चाहे त्यो पराई मन होस चाहे त्यो आफन्त मन होस ।
आफन्तको मेरो परिभाषा पनि अलि अनौठो लाग्ला तपाईंलाई - म जहाँ जोसंग हुन्छु तिनीहरुनै मेरा आफन्तहरु हुन्छन । यस प्रसंगमा मलाई यौटा घट्ना याद आउंछ । न्यु मेक्सिकोमा एकजना दिदी हुनुहुन्थ्यो , स्थानिय स्कुलमा शिक्षिका - सरोज दिदी , वहाँसंग म निक्कै घुलमिल भएर बसेको थिएं । त्यसबेलामा म डुराङ्गोमा बस्थें । मैले डुराङ्गो छाड्नेबेलामा सरोज दिदीले मेरो मन नै नमिठो पार्दै भन्नुभयो " भाई जहाँ गएपनि नभुल्नु है , यो बिरानो मुलुकमा आफन्त भएर बसियो । फोन गर्दैगर्नु । मौका पर्यो भने भेट्न आउनु । " जवाफमा वहाँलाई मैले , " दिदी म जहाँ जोसंग हुन्छु तिनीहरुलाई नै आफन्त मान्छु । हिंजो अरु नै मेरा आफन्त थिए आज तपाईंहरु हुनुहुन्छ भोली अरु कोहि होलान । मैले फोन गरिंन भने दुख नमान्नु होला । " भनेको थिएं ; नभन्दै सरोज दिदीसंग पछि कहिल्यै फोनमा कुरा भएको छैन । " टाढाको देवता र नजिकको भूत " यस्ता उखानहरुको पछाडी जीवन जिउंने गहिरो कला लुकेको हुन्छ तथापि हरेकको जीवन जिउंने आ आफ्नै कला हुने कुरा त छँदैछ ।
अरुलाई जस्तै मलाई पनि म एक्लै छु जस्तो लाग्छ । स्वभाविक पनि हो एक्लो मान्छेलाई एक्लो छु जस्तो लाग्नु तर एक्लो महसुस हुनुको पनि यौटा सिमा अवश्य हुन्छ । म आफुलाई यति सम्म मात्र एक्लो ठान्छु कि म संग आफ्नो परिवार छैन । भौगलिक दुरीमा म टाढा छु परिवार संग तर भावनात्मक दुरीमा परिवार चिनेजानेका साथी संगाती साथै मेरो जीवनको विषेश महत्व राख्ने पात्रा , जस्को लागी म अहिले यो पोष्ट लेख्दैछु , सबै उत्तिकै नजिक छन । कैलेकाँही हामीलाई परिस्थितिहरुले यसरी जकडाएर राख्छ कि हामी आफन्त जनसंग भौगलिक रुपमा यौटा लामो दुरी बनाएर बाँच्न विवस हुन्छौं तर त्यो विवसता भित्र हामी अनेकौं मिठा आशाहरु र सुखद सपनाहरु पालेर बाँच्ने गर्छौं । यहि नै त हो जीवन बाँच्ने मुल मंत्र तर जब हामीभित्र त्यो मिठो आशा बाँकी रहंदैन , त्यो सुखद सपना हुंदैन तब हामी साँच्चै एक्लिन्छौं । त्यस्तो परिस्थितीमा हामी अल्मलिन्छौं यौटा यस्तो भुमरीमा फस्छौं कि हामी आफुसंग आफुलाई नै पाउंदैनौ । परिस्थितीसंग जुध्नु भनेकै त्यस्तै बेलामा हो । हामीसंग हौसला हुनुपर्छ । बर्तमानलाई आत्मसात गर्न सक्नुपर्छ । आशाहरु हाँस्न सक्नु पर्छ तब न हामी जीन्दगीलाई सरल जिउंन सक्छौं ।
यस ब्लगमा मैले यसभन्दा अगाडी २२२ वटा पोष्टहरु राखिसकेको छु , यो २२३ औं हुंदैछ । हरेकमा मैले जीवनको भोगाईहरु नै लेखें होला र हरेकमा मैले कल्पनाको कलेवर लगाउने प्रत्यन गरेंहोला । मेरो लेखाईहरुलाई बुझ्दै नबुझ्नु , सतही रुपमा बुझ्नु अथवा गहिरिएर बुझ्नु पढ्नेहरुमा भरपर्ने कुरा हुन्छ । अझै मैले जीवनमा धेरै नयाँ कुरा सिक्नु छ , देख्नु छ । जीवनलाई अझै धेरै बुझ्नु छ । मैले भोगीसके जति जीवनमा पनि अनेकौं आरोह अवरोहहरु आए । कुनैदिन म आफुलाई धिक्कार सम्झन्थें । जीवनको बाह्र पन्ध्र वर्ष स्कुल गएर पनि मैले केहि सिक्न सकेनछु जस्लाई उपयोग गरेर म जिन्दगी सरल जिउंन सकुँ भन्ने पनि लाग्थ्यो तर जब बुझें समयको पाठशालामा जिन्दगी पढ्न सकिन्छ र त्यसबाट सिकेको ज्ञानले जिन्दगी सरल जिउंन सकिन्छ भनेर त्यहाँ देखि मलाई जिन्दगीसंग गुनासो कहिल्यै भएन । मैले समयकै पाठशालामा भेटेकि पात्राले सिकाएकि थिईन जिन्दगीमा आशा बाँच्ने कसरी भनेर । ति नै पात्राबाट सिकेको पाठ कण्ठस्थ भए झैं म जिन्दगी बाँचेको छु तर भौगलिक दुरीमा म देखि टाढा कतै एक्लै भएकि सोही पात्रा आज आशाहरु हराएर एक्लो छु भन्दा दुख लागेको छ । मैले म साथमा छु भन्न मात्र सक्छु वर्तमानमा उनलाई मेरो साथको अनुभुती गराउन सक्दिंन । म उनलाई अझै आशाहरु हाँस्ने अनुरोध गर्न सक्छु उनको अधरमा म आशा फुल्न सक्दिंन ।
जिन्दगी बाँच्नु त छँदैछ अझ वर्तमानका हाँकहरुलाई सामना गर्दै बाँच्नसके हाम्रो पाईतालाले भविश्यमा शिखर टेक्ने नै छ । ..........लेख्दा लेख्दै मेरो जिन्दगीकी उक्त पात्राले म आफैंसंग रिसाएकि हुँ भनिसकिन मैले यहाँ लेख्न खोजेको मुलकुरा पनि त्यसैमा छ । म संग मेरि पात्रा रिसाईन भनेर उनलाई मनाउन म यहाँ उपदेश लेखिरहेको छैन खाली मैले बुझेको सत्य मात्र लेख्न खोजेको हुँ - " जवसम्म तिमी आफैंसंग रिसाएर बस्छौ तवसम्म अरुसंग खुशी हुन सक्दैनौ । "

Subscribe to:
Posts (Atom)