चढाईदिन्छु एउटा सलाम ति आँखालाई ।
मेरो नाम नजोडिंदै बदनाम ति आँखालाई ।
देख्दा सामु बिझाउने समय थियो या म थें,
टाढा छु होला अब त आराम ति आँखालाई ।
भक्त बनाई दुनियाँ नचाउने सपना जस्को,
आँसु चढाउने यो मन के काम ति आँखालाई ।
अइना(ऐना)मा शृंगार हेर्दा आफुलाई नदेख्ने,
प्यारो अवश्य लाग्ला छलछाम ति आँखालाई ।
आफैंलाई तारा ठानेर टल्किरहेछ एक्लै,
कतिन्जेल देखाईरहन्छौ जुनघाम ति आँखालाई ।
सशक्त जवाफ ! अब पुग्यो होला ती आँखालाई !
ReplyDeleteSachai nai babbal chha, aaba pugyo hola ti aakha laai ...
ReplyDeleteआफैंलाई तारा ठानेर टल्किरहेछ एक्लै,
ReplyDeleteकतिन्जेल देखाईरहन्छौ जुनघाम ति आँखालाई ।
तिम्रो नाम जोडिने भाग्य कहा ---
ReplyDeleteनसोध जबाफ ति आँखालाई ---