......................................
......................................
लाग्छ हुँ त्यो बगैंचा म उजाडिंदै गैरहेको,
फेरी हरियाली भर्ने जस्को कुनै माली छैन ।
भेट्नो जस्तै छुट्टिएँ कि हाँगापात दुबैतिर,
ईच्छा अडिने'थ्यो तर कतै अड्ने डाली छैन ।
बाध्य छु म हत्केलामै मुटुलिई खोजीगर्न,
भेट्दा तर स्वागतार्थ आरतीको थाली छैन ।
भन्थें चाल्नो भएको छ मुटु घोच्दा वचनले,
वचन् चाल्न खोज्दा तर त्यै मुटुमा जाली छैन ।
फेरी हरियाली भर्ने जस्को कुनै माली छैन ।
भेट्नो जस्तै छुट्टिएँ कि हाँगापात दुबैतिर,
ईच्छा अडिने'थ्यो तर कतै अड्ने डाली छैन ।
बाध्य छु म हत्केलामै मुटुलिई खोजीगर्न,
भेट्दा तर स्वागतार्थ आरतीको थाली छैन ।
भन्थें चाल्नो भएको छ मुटु घोच्दा वचनले,
वचन् चाल्न खोज्दा तर त्यै मुटुमा जाली छैन ।
दिपक जी ! मैले त, तपाइँ कै शब्द सापट लिएर उहि कुरा दो-याए है ! ...
ReplyDelete"भेट्नो जस्तै छुट्टिएँ कि हाँगापात दुबैतिर,
ईच्छा अडिने'थ्यो तर कतै अड्ने डाली छैन ।"
राम्रो छ गजल! निराशाको क्षणलाई सजीवता दिएर शब्दमा उतार्नुभएको छ।
ReplyDeleteमतला कहिले पढ्न दिनुहुन्छ नि?
भन्थें चाल्नो भएको छ मुटु घोच्दा वचनले,
ReplyDeleteवचन् चाल्न खोज्दा तर त्यै मुटुमा जाली छैन ।
अहा यो अन्तिम शेर ..... सबै शेरहरु उत्तिकै उत्कृष्ट छन, यो चाहि धेरै मन पर्यो मलाइ ।
उदासतामा बहलाएको मनले निकै मस्त रुपमा खारेको छ गजललाई तर मतला शेर भैदिएको भए अझ राम्रो लाग्थ्यो की दीपक जी ?
ReplyDeleteहार्दिक धन्यवाद प्रतिक्रिया लेख्नुहुने सबैलाई ।
ReplyDeleteवसन्तजी, यसको मतला राख्न नसकेर नै यहाँ नलेखेको हुँ । कैले पढ्न दिन्छु थाहै छैन ।