Sunday, January 11, 2009

गजल : लुकेर उभिएँ

सँधै उनको बाटो ढुकेर उभिएँ ।
देख्लिन् भनेर तर लुकेर उभिएँ ।

एक झल्को हेर्ने त्यो सुन्दर अधर,
रहरले पाईला रुकेर उभिएँ ।

नदेख्दा उनलाई कैले दोबाटोमा,
लुछिएको हाँगाझैं सुकेर उभिएँ ।

जति यो मनलाई ओठसम्म ल्याएँ,
उति यो मन खोल्नै चुकेर उभिएँ ।

मुस्कुराई उनले आँखा जुधाउँदा,
साहस हराएर झुकेर उभिएँ ।

प्रिय पाठक जी , तपाईंलाई लेख्नेबित्तिकै यो गजल सुनाउँदा छैठौं शेरमाथी टिप्पणी गर्दै मनपरेन भन्नुभएको थियो नभन्दै अलिपछि मलाई पनि छैठौं शेरमा भनिएको कुरा पाँचौं शेरमै भनिएको जस्तो लाग्यो र हटाईदिएँ । यहाँ के थियो त हटाईेको त्यो छैठौं शेर भन्ने जानकारीको निमित्त मात्र राखेको हुँ ।

परित्यक्त शेर -

उनि गईन जब नफर्किने गरी ,
धिक्कारेँ आफुलाई थुकेर उभिएँ ।

5 comments:

  1. Anonymous7:01 AM

    मन मन भित्रको मन सँगइ मिलेर मायाको पिङ्ग मा च् च् हुइ - च् च् हुइ गर्दा जिबनको पल को मजा लिना सकिन्छ ।
    बातावरण रमाइलो लाग्छ ।
    नबोल्ने फूल पनि मुस्कुराएर हासे झै देखिन्छ ।
    त्यसैले , सधैं मान्छेको मन दिबाना हुनु पर्छ तपाईंको शेर - गजल को भाब जस्ताइ ।
    --------------------
    पारीत्यक शेर देखेर माया लागेर आयो । तपाईंको मुटु बा टै निस्किएको त्यो भाब , मेरो मन मानेन ।
    नजाने पनि कोशीस गर्दै छु यसो भए त्यसो होला कि भनेर ,
    " उनी ग इन जब नफर्किने गरी
    मनको बा त् मनमै भुटेर उभिए ---

    उनी ग इन जब नफर्किने गरी
    मनको हाडिमा मकै भुटेर उभिए ---
    अन्तिम मा ' र ' त आएकै छ पूर्ण नमिले पनि । अब बाँकी कोशीस साथीहरुले गर्नु भए हुन्छ , मैले मेरो धर्म निभाए ।

    ReplyDelete
  2. के गर्नुभयो हौ दीपक दाइ यस्तो झुकेरै उभिनुपर्ने गरि ??

    ReplyDelete
  3. माया र गजल
    एकै सिकाको दुई पाटो भएर दीपक जी को धारमा बगिरहेछ अविरल ......र नरोकियोस पनी ।
    मलाइ लाग्छ तपाई मायामा अलिक धकाउनुभो'जस्तो लाग्छ -किन लुकेर उभिनु भो ? 'प्यारकरना तो डर्ना क्या ' मालुम होला नि ! तपाईलाई ।
    तर माया भन्ने चिजै त्यस्तै हो नि ! जिपक जी ।

    ReplyDelete
  4. Anonymous5:58 PM

    AHA!! raamraa gazal padhnu ko majai beglai!! ajhai maancheharuko pratikriya padhnuko maja jhan beglai!!
    Raamro laagyo!!

    ReplyDelete
  5. ठीकठाक छ गजल । तर तपाईंका गजलहरु केही समययता पढ्दै आउँदा मैले के पाएँ भने (यो मेरो अनुभुतिको कुरा हो)
    तपाईंको कलमबाट सामाजिक बिषय नै बढ्ता खुल्ने रहेछ, तुलनात्मक रुपमा हेर्दा ।
    यसको मतलव प्रेमविषयक गजल राम्रा छैनन् भन्ने होइन, तर तिक्खरतामा मैले त्यस्तो पाएँ ।

    ReplyDelete