Friday, December 26, 2008

गजल : शँख एकोहोरो फेरी

फुक्न थाल्यो समयले शँख एकोहोरो फेरी ।
कति बार्नु भत्काउनु ढिकुरो र कोरो फेरी ।

जेठो मर्यो माइलो अझै बेपत्तै छ , आमा रुन्छिन् ,
लड्न अझै बाँकी नै छ भन्छ कान्छो छोरो फेरी ।

नङमासु भई सँधै साथै हिँड्ने बाचा नाघी ,
छिनाएछन् बल्ल जोड्या सम्बन्धको डोरो फेरी ।

राखीहेर निधार् मा हात् आमा अझै थलिँदैछिन् ,
तङ्ग्रेलिन् कि भन्दा उल्टै फर्क्यो निश्लोट् ज्वोरो फेरी ।

रात ढलिसके पछि रातै पर्ने चलन् हो कि ,
खै त कहाँ आयो कालो गए पनि गोरो फेरी ।

6 comments:

  1. Ekohoro shankh ko ...matlab kasaiko anty ko ho jasto laag6 ...
    जेठो मर्यो माइलो अझै बेपत्तै छ , आमा रुन्छिन् ,
    लड्न अझै बाँकी नै छ भन्छ कान्छो छोरो फेरी ।
    ....kati sahaj le desh ko byathaa bolnu bhaeko 6.
    ...tapaiko gajal lekhan pani gajab nai 6 hai jadit ji. malaai t saharai ramro laag6.

    ReplyDelete
  2. वाह! वाह!! गज्जब छ! एकदम सटीक वाण हान्नुभएको छ वर्तमान समय र इतिहासका 'ठेकेदार'हरुलाई!

    यो अन्तहीन रातको श्रृंखलानै हामी नेपालीको बिडम्बना हो।

    ReplyDelete
  3. Anonymous4:13 PM

    सटिक !

    ReplyDelete
  4. रात ढलिसके पछि रातै पर्ने चलन् हो कि ,
    खै त कहाँ आयो कालो गए पनि गोरो फेरी ।

    यो लाइन चैँ एकदमै मनपर्‍यो दीपक दाइ !!!!
    गजल त साह्रै छुने खालको छ ।

    ReplyDelete
  5. दीपक जी
    साह्रै सटिक र ठेट शब्दहरुको
    प्रयोगले तपाईं को गजल हिमचुली
    भन्दा पनि माथि उठाउनु भएकोछ।
    क्या मिठोछ दीपक जी पुन बधाईछ।

    ReplyDelete
  6. बेदनाथजी , वसन्तजी , लुनाजी , उजेलीजी र बिमलजी यहाँहरु सबैलाई धन्यवाद !

    ReplyDelete