छुट्टीएर रहरको सयपत्रीबाट
केहि पत्रहरु
बिचल्नी परेर कतै
तिम्रो कविताका अक्षरहरुमा
खक्रक्क सुकेर टाँसीएको पाउँछु आफुलाई
लाग्छ
यौटा पत्र छुट्टिँदा सयपत्रीबाट
सँगै बीज पनि आएको हुँदा
उमारेँ कि बेमौसमी सयपत्री
कोथा लागेँ कि शिशिरमा
हाँस्नलाई
हो हाँस्नलाई कविताका अक्षरहरुमा
तुसारो सहेर
लौ भन अब तिमी नै
के यो खुशीको कुरा हैन र ?
हो दीपक दाइ हो यो खुसीकै कुरा हो ।
ReplyDeleteदीपक जी यो खुसी मात्र होइन - प्रेम पनी हो ।
ReplyDeleteकस्तो मुटु छुने कबिता लेख्नु हुन्छ तपाईं !
ReplyDeleteकस्तो मुटु छुने कबिता लेख्नु हुन्छ तपाईं !
ReplyDelete