Wednesday, December 15, 2010

गजल : खर परालको महिमा

केहि अघि लेखेको यो गजललाई उसबेलै हो सायद यौटा सेर फेसबुकमा बाँढेर अलपत्रै छाडेको रहेछु । आज फर्किएर हेर्दा माया लागेर यता ब्लगमा चारो हाल्दै नयाँ लेख्न नसक्नुको झारो टारेको छु ।


गाउछ किन जिन्दगीले भात र दालको महिमा ।
अझ त्यसकै अभावले ल्याउने कालको महिमा ।

जवान वृद्ध या बालखै होस् उमेरको मजा त छ,
चीना खोली गाउनु किन महिना सालको महिमा ।

सबले देख्छन सुकिलो मैलो, पानीमा चोबलिँदा,
किन हो त गाउनै पर्ने आफ्नो आहालको महिमा ।

छ यहिँ यो चम्किलो दिन यहिँ नै छ ग्रहण पनि,
किन छोड्थे र भाग्यवादी , गर्छन् कपालको महिमा ।

नाममै आगो बोकेको छस् जलाउनु केहि छ भने,
गा' है दीपक तँ सुकेको खर परालको महिमा ।

2 comments:

डीआर न्यौपाने'सूर्य' said...

वाह ! कति मिठो गजल जडित जी, भावमा त म निशब्द नै भए । फेरी-फेरी पनि सुनिरहन पाउ ।

Yumesh Pulami said...

"नाममै आगो बोकेको छस् जलाउनु केहि छ भने,
गा' है दीपक तँ सुकेको खर परालको महिमा !!"
निकै राम्रो लाग्यो -यो गजल पनि दिपक दाइ !
साथै दिपक दाइ लाइ नव बर्ष २०११ को हार्दिक मंगलमय शुभ कामना छ !