Thursday, September 23, 2010

गीत : जीवन र मन


यसरी पनि निमोठिंदो रै' यो मन चियाको पालुवा जस्तै
फुस्किंदै जाने जति कसेपनि जीवन मुठ्ठीको वालुवा जस्तै

मन कहिँ न्यानै रहन्छ सम्बन्धहरु चिसिए पनि
जीवन नदि यो बगिरहन्छ हरक्षण सागरमा मिसिए पनि
उडि हिंड्दछ बरालिएर यो मन सिमलको भूवा जस्तै
फुस्किंदै जाने जति कसेपनि जीवन मुठ्ठीको वालुवा जस्तै

उज्यालो थोरै पोतेर मनमा ओठ खोलेर हाँस्दछ जीवन
घेरिएर पनि अँध्यारोहरु माझ एकै आशामा नाच्दछ मन
सल्किएर आफैं आगो जीवनमा यो मन उडेको धुँवा जस्तै
फुस्किंदै जाने जति कसेपनि जीवन मुठ्ठीको वालुवा जस्तै

*********


ब्लगमा नियमित हुने अनेक प्रयास गर्दापनि सकिराखिएको छैन । अनावश्यक ब्यस्तताले गर्दा मनमा उर्लेका भावनाहरुलाई तह लगाउन पनि सकिएको छैन । यसपटक पनि ब्लगलाई माया मारेकै चैं छैन भन्ने जनाउन लामो समयपछि लेखेको यो गीत लिएर आएको हुं । आसा छ समय अनुकुल पर्ने छ र अगाडीका दिनमा अलि लगनले ब्लग लेखिनेछ ।

7 comments:

  1. उडि हिंड्दछ बरालिएर यो मन सिमलको भूवा जस्तै
    फुस्किंदै जाने जति कसेपनि जीवन मुठ्ठीको वालुवा जस्तै ।

    अँ त कति गाह्रो है सम्हाल्न यो मनलाई ? गीत मिठो छ दीपकजीको ।

    ReplyDelete
  2. परिभाषामा नअट्ने जीवन ....... त्यस्तै हो दिपक दाइ ! बस ! आशै आशमा नाच्नु छ ....

    ReplyDelete
  3. नियमित नहुनु भएको पक्कै हो तर आजकल तपाईँका रचनाहरु खँदिला र भिन्नै किसिमका घनत्वका साथ आउन थालेका छन् ।

    यो जीवन र मनको गीतमा पनि त्यही छनक पाएँ है मैले । फेरि फेरि पनि पढ्नु पर्ने खालको :)

    ReplyDelete
  4. भिन्नै शब्द संयोजनको ताल-सरिताको मिठास पाइयो यो गीतमा ।
    'स्थायी' त झ्वाम्मै मन कब्जा गर्ने खालको र शाश्वत भाव समेटिएको छ ।
    कतै एउटा ध्यान शिविर बसेको अनुभूतिमा तरङ्गिएँ, सत्ते !

    उपस्थिति पातलै होस्, यस्तै रसिलो होस् ।

    ReplyDelete
  5. यसरी पनि निमोठिंदो रै'छ यो मन चियाको पालुवा जस्तै
    फुस्किंदै जाने जति कसेपनि जीवन मुठ्ठीको वालुवा जस्तै ------
    ढुकढुकी नै रोकिए जस्तो फिल हुन्छ यी हरफ हेरिरहदा ,
    क्यै लेख्नै सकिन -----

    ReplyDelete
  6. आँफैमा एउटा कसिलो अनी भावयुक्त गीत । बस यतिनै लेखे दीपकजी ।

    ReplyDelete
  7. आज भने यहाँको रचना पढ्न मिल्यो | मन र जीवनको अनुभूति साँच्चिकै राम्रो लाग्यो |

    ReplyDelete