Monday, August 30, 2010

यो... पुनरागमन...

आफ्नै मनको आज्ञाले हुन सक्छ अथवा हुनसक्छ आफ्नै मनको अवज्ञाले म बितेका २ महिना देखि ब्लगमा देखा परिंन ।

यसको कारण यतिखेर ब्लगमा लेख्न खोज्ने हो भने सत्य भन्दा अलिपर पुगिएला त्यसैले सम्भावित कारणबाटै थालनी गरें दुई महिने विश्राम पछिको यो ब्लग ।

आजदेखि पुन ब्लगमा फर्किन्छु, यौटा नियमिततामा ब्लग लेख्छु भन्ने अठोट बाहेक अर्थोक त केहि रहेनछ फेरी यहि ब्लगलाई पनि जो ब्लगमा पस्नुहुने पाठकहरुलाई केहि महत्वको देखियोस् । त्यसो त केहि न केहि बनाएको भए नहुने कुरापनि थिएन तर यो पुनरागमन यस्तै नै होस्, यत्ति नै होस् ...............

सबै ब्लगर साथीहरुलाई नमस्कार !!

5 comments:

  1. म पनि धेरै पटक यता चियाउँदै फर्कदै गर्दै थिएँ । नियमित र राम्रो लेख्नेले नलेख्दा सोच्दै थिएँ कुनै काममा व्यस्त हुनुहुन्छ भनेर।
    ब्लग जगतमा पुनरागमन को हार्दिक स्वागत् ।

    ReplyDelete
  2. पुनरागमन हुनु भएकोमा - खुसि लाग्यो ! दिपक दाइ !
    मिठा मिठा खुराकहरु अब पढ्न पाइन्छ जस्तो छ !

    ReplyDelete
  3. यो पटक को पुनरागमन चाँहि दरिलो होस् है, स्वागत तथा शुभकामना !

    ReplyDelete
  4. दीपक जी स्वागत ! केहि समयको लागि हजुरको सहित्यबाट बञ्चित नै भइयो ।आशा छ पुनरागमनले फेरि निरन्तरता पाउनेछ ।

    ReplyDelete
  5. ज होस्, भयो पुनरागमन ।
    सबै कुराको कारणतिर खोस्रिनु उपयुक्त नहोला, भएको प्राप्तिलाई नै सर्वोपरि मान्नुपर्ने हुन्छ कतिपय परिस्थतिमा ।

    नियमितताको अठोटले गोडा टेक्न सकोस् ।
    अहिलेलाई यही कामना ।

    स्वागत छ ।

    ReplyDelete