Sunday, December 27, 2009

गजल : बार बार जस्लाई ढोगीरहेछु

यतिबेला मसँग केहि छैन, मेरो मतलब ब्लगमा लेख्नको लागी केहि छैन । छ त केवल केहि गजलहरु जो कुनै निक्कै अगाडी नै त कुनै हालसालै लेखिएका छन् । बाँकीकुराहरु लेख्नको लागी दिमाग शुन्य छ भन्दा फरक पर्दैन । दैनिकीका धेरै कुराहरुसँग जुध्ने तयारीमा सायद ब्लगमा राख्ने कुराहरु लेख्न एकप्रकारले विश्राममा छ दिमाग भन्दा फरक नपर्ला । त्यसैले यसपटक केहिदिन अगाडीको यौटा गजललाई नै प्रस्तुत गर्दैछु । यसको बारेमा पछिल्लो पटकको गजल लेख्दा नै अस्पस्ट थोरै कुरा उल्लेख गरेको थिएँ । त्यो बेलापनि यस्तै केहि नभएको अवस्थामा यौटा गजल टाँस्नको लागी भूमिका लेख्दैथिएँ तर जब भूमिका भन्न सक्ने टिप्पणीको पहिलो वाक्य लेखेँ तब मैले त्यहीँ अर्को गजल देखेको थिएँ र सबैकुरा छोडेर त्यो गजल पुरा गरेर मात्र त्यसपटकको गजल ब्लगमा टाँसेको थिएँ । आउनुस् आज त्यहि गजल पढौं । आफ्नै जोखाई अनुशार औसतमा दरिने यो लगायत मसँग अरुपनि ६ वटा गजलहरु तयार छन् जस्लाई म क्रमश भाँती मिलाउँदै राख्दै जानेछु ।


अनियमित दैनिकी भोगीरहेछु ।
लाग्छ म कस्तो मनोरोगी रहेछु ।

संगालेर राखुँ त म छरपस्ट,
नबटुलिने घोगाघोगी रहेछु ।

कोहि चिमोट यो चाम्रिएको छाला,
लौ घसें खरानी, म जोगी रहेछु ।

किन हुँदैछ टाढा मनको हरी,
बार बार जस्लाई ढोगीरहेछु ।

बुझेर पनि यो संसारको लिला,
म मन रुवाउने सोगी रहेछु ।

कि म जिन्दगीको यो कारखानामा,
निरन्तर सोच्ने उद्योगी रहेछु ।

13 comments:

  1. तपाई को गजल पढि पढि,
    म आफैँ नतमस्तक भइरहेछु !

    ReplyDelete
  2. कि म जिन्दगीको यो कारखानामा,
    निरन्तर सोच्ने उद्योगी रहेछु ।

    यहाँनेर एकदमै घतपर्यो । साह्रै राम्रो गजल....तारिफयोग्य!!

    ReplyDelete
  3. अनियमित दैनिकी भोगीरहेछु ।
    लाग्छ म कस्तो मनोरोगी रहेछु .

    मेरै मनकै कुरो उप्किएर आए झै भाति भयो ।

    ReplyDelete
  4. दीपक जी ! आफ्नो दिमागमा केही पनि फुर्दैन भन्नु हुन्छ तर दिमाग निकै सक्रीय रूपले ग़ज़ल लेखन मा लगाईं रहनु भएको छ - नत्र त यति मिठो स्वाद काहा निस्किन थ्यो र !

    ReplyDelete
  5. बुझेर पनि यो संसारको लिला,
    म मन रुवाउने सोगी रहेछु ।

    यो शब्दमा म पनि निक्कै घोत्लिए! गजल होश त एस्तो अत्ति प्रसंग्सनिय लाग्यो मलाई त!!!

    Commented by SANGAM KIRATI and was deleted accidently.

    ReplyDelete
  6. ramroooo ramrooooo nikai ramro post

    ReplyDelete
  7. वाह !

    तपाईको गजलमा म आजकल साहित्यसंगै आध्यात्मिकताको पनि मिश्रण भएको पाउन थालेको छु ।

    मलाई भने पुरै शेरहरुमा
    किन हुँदैछ टाढा मनको हरी,
    बार बार जस्लाई ढोगीरहेछु ।


    एकदमै उत्कृष्ट लाग्यो ।

    साँच्चै यो 'सोगी' चाहीँ अलि बुझीन है मैले ।

    ReplyDelete
  8. आहा! टक टकी अडिएँ म प्रत्येक शेरहरुमा ...... वाह दीपक जी, असाध्य राम्रो लाग्यो ...जादु यस्तो गयो, कमेन्ट गर्ने शव्द छैन भन्दा फरक नपर्ने स्थिति भयो ।

    ReplyDelete
  9. अति मिठो गजल दीपक जी! आशा छ तपाइको कपिमा थन्किएका अरु यस्तै जोशिला गजलहरु पनि पढन पाइने नै छ ।

    ReplyDelete
  10. साह्रै सुन्दर। अरु पनि थन्किएका यस्ता गजलहरु निस्किउन है। वाह!!

    ReplyDelete
  11. Sarai mitha ra ghata lagda sherharu....Badhaichha Deepak jee...

    ReplyDelete
  12. वाह, क्या गज्जब छ!!अती उत्तम गजल ।

    ReplyDelete
  13. आभार यहाँहरु सबैलाई । आफुले औसतमा दरेको गजलले यति धेरै वाह! पाउँदा खुसी लागेको छ ।

    ReplyDelete