Sunday, April 12, 2009

नयाँ वर्षको कुरा

नयाँ वर्ष आयो । यो आउनु थियो - आयो । बित्नु छ - बित्छ । समय हो आफ्नै गतीमा निरन्तर हिँडीरहेको छ । यस्लाई गन्ती गरेर हामी नयाँ र पुरानो भन्दै आईरहेका छौं र भन्दै नै रहने छौं । यसैको उत्सव मनाउँछौं , बाचा बाध्छौं अनि भोलीपल्ट विर्षिदिन्छौं । यि सब स्वभाव हुन् हाम्रा त्यसैले अस्वभाविक केहि हुंदैन । कति कुरा हामी अस्वभाविक भएको देख्छौं तर अस्वभाविक भएका हरेक कुराहरु हाम्रो स्वभावको सरलताले नै गराईरहेको हुन्छ । मैले स्पस्ट भन्न सकिँन होला तर 'सम'ले आकस्मिकतालाई नियमित भनेकै सुत्र जस्तै मैले अस्वभाविकतालाई सरल भनेको हुँ । नियमित आकस्मिकताको गाँठो घटनालाई समाएर उभिन्छ भने सरल अस्वभाविकताको गाँठो घटना गराउने कर्तालाई समाएर उभिन्छ ।

( म यहाँ एकछिन रोकिएँ । घोरिएँ । सोचेँ मैले के लेखेँ भनेर ? )

म नयाँ वर्षको कुरा गर्न गैरहेको हुँ । शुभकामना भन्न आँटेको हुँ तर प्रसँग भन्दा पर कुरा पुर्याएँ भन्ने लाग्यो । माथी लेखेजती कुरा दोहोर्याई तेहेर्याई हेरेँ र मेट्न लागेको थिएँ फेरी लाग्यो कतिपय कुरा सन्दर्भ भन्दा बाहिरै भएपनि प्रासङ्गिक बनिदिन्छन् । अप्रासङ्गिक भन्ने पनि केहि हुँदैन । माथीकै सुत्र प्रयोग गरे सान्दर्भिक अप्रासङ्गिकता भन्न सकिन्छ किनभने हामी सन्दर्भलाई नबुझेरै कतिपय ठाउँमा कतिपय कुराहरुलाई अप्रासङ्गिक ठहर्याउंछौं ।

केहि दिनदेखि म यो पृथ्वीलाई यौटा बडो ठुलो उनको डल्लोको रुपमा हेरीरहेछु । यो घुम्दो छ र निरन्तर यौटा धागो यसबाट बाहिर हुत्तिईरहेछ । उनकै गोला फुस्किएझैँ यो निरन्तर सकिँदैछ तर यति ठुलो छ कि हामी यो सकिईरहेको भेउ पाईरहेका छैनौं र यो पृथ्वीबाट बाहिर हुत्तिईरहेको त्यही धागोको रेखा समय हो । हामी यसलाई गन्न थालेदेखि यति खुस्कियो भनेर लेखा लगाईरहेका छौं । त्यो पनि सानो सानो एकाईको हिसाब राख्ने झमेलाले गर्दा गजमा , अरु कुनै ठुलो परिमाणको एकाईमा भने नि भयो , त्यसै गन्ति अनुशार २०६६ सुरु हुँदैछ । यसपाली नयाँ वर्षको उल्लास पाल्नै सकिंन मनमा र पनि खुसी छु - अर्को यौटा नयाँ दिन त देख्न पाएँ भनेर ।

यसपाली मलाई समय उल्टो फर्केको जस्तो महसुस हुन्छ होला कि भन्ने लागेको छ । के हुन्छ हेरौं ? केहि त नयाँ वर्ष नलाग्दै भैदियो । २००० नभने पनि बुझिन्छ म ३३ सालमा जन्मेको । यतिखेर मलाई ३३ वर्ष आयू ब्यतित गरिसक्न लाग्दा पनि अझै भोली के के हुँदै जांदोहोला अरु ३३ वर्ष अगाडी २०९९ साल कस्तो हुँदो हो ? हाम्रो हिसाबले पनि त्यसबेला अर्को यौटा शताब्दीको बिदाई हुन लागेको हुनेछ । त्यसबेला मेरो देश कस्तो हुँदो हो ? मेरो समाजका मान्छेहरु कस्ता हुँदा हुन ? विज्ञानले अरु के के उपलब्धी दिँदो हो ? ग्लोवल वार्मिङको कस्तो असर पर्दो हो पृथ्वीमा ? भन्ने जस्ता कौतुहल जागीरहेछ । कस्तो अचम्म ! त्यसबेला सम्म म मर्छु होला भन्ने त पट्टक्कै नलाग्ने जबकि जीवनको ठेगान छैन म जतिबेला पनि मर्न सक्छु भन्ने सत्य थाहा हुँदा हुँदै पनि मर्छु होला भन्ने सम्म कल्पना नगर्ने , बाँच्नको लागी कति आशक्त नि मान्छे ? यसपाली म जन्मेको सालको त्यही ३३ अँक फरक्कै फर्केर ६६ भएछ त्यसैले यसपाली मलाई समय उल्टो फर्केको जस्तो महसुस हुन्छ होला कि भन्ने लागेको । मैले नमाने पनि यो साल महत्वपूर्ण छ मेरो लागी । चिन्ता केवल यो महत्वपूर्ण समयको सुरुवातसँगै मैले महत्व दिएको मेरो जीवनको महत्वपूर्ण अँश पछाडी छुट्यो । मैले महत्व दिएको मेरो जीवनको यस महत्वपूर्ण अँशको सम्बन्धमा भने म लेख्न प्रतिबन्ध लगाईएको छु । लेख्ने घनघोर ईच्छा थियो तर नलेख्नु भन्ने आदेशलाई मैले छुटेको त्यही अँशको सम्मानमा पालना गर्नु छ । त्यसैले गर्दा निक्कै दिनदेखि म लेख्न सकिरहेको थिईनँ । केहि लेख्न खोज्दा पनि त्यही कुरा अभिब्यक्त हुन खोज्छ । त्यो बाहेक अर्थोक केहि सुझ्दैन । यौटा बोझ भएर त्यसले मलाई यस्तरी किचिरहयो कि म त्यसबाट त्यसै उम्कन नै नसक्ने भएँ । उम्कनलाई केहि लेख्नै पर्ने भयो त्यस विषयमा । एकातिर आदेश पालना गर्नु छ अर्कातिर दिमागबाट त्यसलाई हटाएर नयाँ कुरा देख्नु छ । नलेखि हटाउन पनि नसकिने र हटाउन लेख्न पनि नसकिने । त्यसैले यहि मध्य मार्ग बन्ने अवसर र मौका ठानेँ र नयाँ वर्षको गन्थनमा मिसाएँ । सम्पुर्ण रहस्य खोल्न नसक्ने यहि अस्वभाविक देखिने र अप्रासङ्गिक लाग्ने कुराकै निमित्त माथी सरल अस्वभाविकता र सान्दर्भिक अप्रासंगिकताको बखेडा झिकेको हुँ त्यो पनि 'सम'को नियमित आकस्मिकताको सुत्र टेकेर ।

मुख्य कुरा चैं नयाँ वर्ष २०६६ लाग्नुकै हो तर त्यही मुख्य कुराको निमित्त लेख्न कुरा छैन । यसपाली नयाँ वर्षलाई गुनासो गर्ने , नयाँ वर्षसँग आश गर्ने काम गरेर गीत , गजल , कविताहरु चैं नलेख्ने नै अठोट गरेँ । कम से कम यसपाली त नयाँ वर्षले मेरो गुनासो सुन्नु नपरोस । कम से कम यसपाली मैले नयाँ वर्षलाई केहि माग्न नपरोस । नयाँ वर्षलाई पनि वर्षैपिच्छे दिक्क लाग्दो हो म देखि त्यसैले मैले केहि लेखिँन । ढुक्क होस न नयाँ वर्षलाई भनेर तर पनि केहि न केहि चैं नलेखि नहुने रे क्या ! कसैले लेख्नु नै पर्छ भनेको त होइन ब्यारे तर पनि लेख्नै पर्ने ।

फेरी लेख्नलाई चैं केहि छैन । सबैलाई पत्तो छ नयाँ वर्ष लागेको र पनि सबैले दोहोर्याउनु छ यसलाई नयाँ वर्ष लाग्यो भनेर - त्यति नै त हो । नयाँ वर्ष लाग्नु नै केहि हुनु हो भन्ने ठान्नु छ तर नयाँ वर्ष लागेको पनि त हो । हो नि त , रोकेर रोकिने कुरै होईन समय त्यसैले नयाँ वर्ष आयो । बरु यसपाली मेरो शुभकामना छ यो नयाँ वर्षलाई । यो वर्षले बितेका वर्षहरुले झैं अनिष्टहरु झेल्न नपरोस भन्ने कामनाका साथ ।

यो मंगल कामना मित्रहरुलाई त सँधैको छँदैछ र पनि मौकामा नयाँ वर्षको पनि मंगल कामना !

14 comments:

  1. Happy New Year 2066 Deepak ji. Jivan Falos Fulos, Sakvar naooeeelaooos... kasai gari ooooooooelayeema turuntai tandurust rahos...

    Pratibandha lageko kura kunai na kunai din khulla hune6a vanne mero biswas ho deepak jee. Tara tyo din ma po kura sunna ya thaha pauna sak6am hun6u ki hudina kunni?

    ReplyDelete
  2. दीपक जी
    नयाँ बर्ष को उठान र पुराना बर्ष को ईतिहास
    आउने आउछन जानेलाई कस्ले रोक्न सक्छ र
    भनेझै हिजो त ईतिहास हो। जे भए जस्ता भए
    मिस्रितै रहे। आरोह अबरोह भोग्दै बिते हिजो। आज
    हाम्रो हो। सम्पूर्ण नेपाली को हो। जे भए पनि नयाँ बर्षले
    दुनियाँमा शान्ती छाओस,उमङ्ग ल्याओस, नयाँ बर्ष २०६६ को
    शुभ कामना सबैलाई।

    ReplyDelete
  3. नयाँ वर्ष २०६६ को हार्दिक मङ्गलमय शुभकामना !!!

    ReplyDelete
  4. आफ्नो कुराहरु 'नयाँ वर्षको कुरा ' बनाएर बदनु भएकोमा धन्यबाद दीपक जीलाइ - र
    स्वतन्त्र सिर्जनामा रम्न पाइयोस र नेपालको प्रगतिका कुराहरु टासोको रूपमा टास्न पाइयोस भन्दै

    यहाँ लगायत सम्पूर्ण ब्लगर मित्रहरुलाई म नव बर्ष २०६६ को उपल्क्षमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्याबाद !

    ReplyDelete
  5. जडित जी समयको धागोलाई फन्फनि घुमाउदै,बर्तमानको ब्यतित जिवनको टेको लगाएर भबिष्यप्रतिको यथार्त चिन्तनमनन सहितको कुरा मलाई चाहि खासै अप्रासाङिक लागेन है। कुरा भावनाबाट, लेखबाट होस या बोलिबाट सबैको निचोड एउटै भएजस्तै लाग्छ ।नयाँ बर्षले आफ्नो बिगतको कमजोरिइलाई पनि सच्याउदै तपाई हामि सबै बिच नविन सोचमा नयाँ सुनौलो बिहानिको सुरुवात गरोस । तपाईलाई पनि मेरो शुभकामना ।

    ReplyDelete
  6. लेख निकै सोचनीय लाग्यो । नयाँ बर्ष मनाउनु आफैमा छदैँछ तर म पनि कहिलेकाहि सोच्छु हरेक नयाँ बर्ष र जन्मदिनले प्रत्येक मानिसको आयु छोट्टीदैँ गएको जानकारी पनि दिन्छ तैपनि मनाईन्छ, रमाईन्छ ।

    मंगल कामना मित्रहरुलाई त सँधैको छँदैछ । भन्ने कुरा भने एकदमै चित्त बुझ्यो । मंगल कामना गर्न नयाँ बर्ष कुर्नु पनि पर्दैन ।

    ल त! (नयाँ बर्षको नभए पनि) मेरो पनि मंगल कामना चाहि सधैंकोलागी है !!!

    ReplyDelete
  7. Anonymous4:55 PM

    नयाँ बर्ष २०६६ सालको उपलक्ष्यमा हजुर र हजुरको परिबारमा सुख, समृद्दि, सुस्वास्थ्य औ दीर्घ जीवनको हार्दिक मंगलमय शुभकामना !!!

    ReplyDelete
  8. DIPAK JI
    HAPPY NEWYEAR 2066.
    WISH YOU ALL THE BEST.

    ReplyDelete
  9. निकै गहन विचार पोख्नुभयो दीपकजी! वर्ष वा महिना आदि जीबन सजिलो बनाउन तय गरिएका साधनहरुमात्रै हुन् वास्तवमा हरेक पल, हरेक दिन नयाँ हुन्छन्। त्यो नवीनतालाई आत्मसात गर्न सक्नुमै शायद सार्थकता छ।

    नयाँ वर्षको शुभकामना, तपाईँ र तपाईँका सम्पूर्ण पाठकहरुलाई!

    ReplyDelete
  10. नव वर्ष, नव हर्ष नव उमंग, नव तरग, नव प्रसंगका साथ सबैलाई नववर्षको शुभकामना ।

    ReplyDelete
  11. Anonymous1:18 AM

    I Wish you and all the readers of this blog a happy new year 2066 filled with good health, new hope and new beginnings!

    ReplyDelete
  12. Dear Deepak ji !
    Happy New Year !
    wish u all the best .

    ReplyDelete
  13. दीपकजी,
    पुछारतिर आएँ, कुनै पनि अवसरमा घडी-पला चुटुक्क मिलाएर भाव व्यक्त गर्नु सान्दर्भिक हुने भए पनि नयाँ वर्षको शुभकामना दिन यही दिन नै भन्ने किटिएको त हुँदैन उसै पनि । यही बहानालाई काखी च्यापेर जीवनका सबै पाटोमा शुभ होस्, हुँदै जाओस् भन्ने कामना गर्छु वर्ष ६६ को लहरमा ।
    समयबारे तपाईका कुरामा सम्मति जनाउँदै एक सन्दर्भमा नभन्दा नभन्दै पनि केही कुरा पोष्‍टमा राख्नुभएकोमा सन्तुलन देखेर खुसी लाग्यो ।

    ReplyDelete
  14. हार्दिक धन्यवाद सबैजनालाई !

    ReplyDelete