Monday, March 16, 2009

गजल : काँस जिन्दगीमा

पछिल्लो यो गजल केहिदिन अघि लेखेर गजल ग्रुपमा देखाईसकेको भए पनि यता ब्लगमा राख्न अहिले साईत जुरेको छ ।

बाँझै पल्टेर मनपरी उम्रिएछ घाँस जिन्दगीमा
फूल रोपेँ मन बगर भै फूलेछ काँस जिन्दगीमा ।

न काढेर चोयाबाता धूरी जीवनको कस्न सकियो ,
अर्थीकै निमित्त केवल झ्याङ्गीएछ बाँस जिन्दगीमा ।

निर्मल नील गगन् झैं थ्यो सुक्यो कि मनको सरोवर ,
के फूल्थ्यो हेला कमल ति उड्यो राजहाँस जिन्दगीमा ।

खिईरहेकोछ नङ्ग्रा अनवरत उचेरा पल्टँदै ,
पोखिन्छ भाग लाउँदा कि त खोसिन्छ गाँस जिन्दगीमा ।

ऐया ! कहाँ भन्न सक्छ टोकेर आफैंलाई 'दीपक'ले ,
पिईरहेछ आफ्नै रगत बनेर डाँस जिन्दगीमा ।

7 comments:

  1. यस्तै छ जिन्दगी को नियती,
    के नै गर्न सकिन्छ, हैन र ?

    ReplyDelete
  2. राम्रो लाग्यो यो गजल जडितजी! सललल बगेको छ।

    ReplyDelete
  3. Anonymous11:02 PM

    चुनिन्दा शब्द भाको गजल...

    भावना राम्रो छ...त्यों भन्दा राम्रो चाहीं शब्द नै लाग्यो...

    ReplyDelete
  4. कस्तो उदेक ! व्यथित गजल पढ्दा पनि आनन्दको सास मिल्ने । दुखाइयुक्त भाव त काँडा निकाल्ने अर्को काँडा जस्तै पो बन्यो । यस्तै त हो यो खास जिन्दगीमा !!

    ReplyDelete
  5. Anonymous5:17 AM

    जोतारे धाइ बा को प्रतिकिर्याले मन छोयो !

    ReplyDelete
  6. Anonymous4:28 PM

    Tapaiko blog na hereko pani dherai po bhayechha. Khatara chha.

    ReplyDelete