Thursday, March 05, 2009

गजल : लिपेर प्रियले

राख्दिहुन् मन घरसँगै लिपेर प्रियले ।
मिलनको आशामा दिल खिपेर प्रियले ।

रनबन मेलापातमा बल्झँदो हो याद ,
शिउरिँदीहुन् गुराँस त्यो टिपेर प्रियले ।

हुँदोहोला सँधै यौटा तस्विर खोकिलामा ,
हेर्दी होलीन् सँगिनीसँग छिपेर प्रियले ।

नीरदाना सिह्रानीमा कोल्टे फेर्दै रातमा ,
झार्दी होलिन् पालासरी धिप्धिपेर प्रियले ।

11 comments:

  1. गजल मज्जाले गर्जेको छ ... प्रिय को बातसंगै -जडित जी को जोड़ले ।

    ReplyDelete
  2. जडित जी मिठो गजल । धन्यबाद

    ReplyDelete
  3. मिठो गजल जडितजी! राम्रो लाग्यो।

    ReplyDelete
  4. Anonymous3:10 AM

    Indeed a beautiful composition! Loved it.

    ReplyDelete
  5. Aaha kya dami gajal?Yesto po hunchha ta gajal?cogratulation Deepak jee.

    ReplyDelete
  6. Anonymous9:38 AM

    गजल राम्रो लाग्यो... तर टाढाकी प्रियको खासै भर चाहीं गर्नु हुन्न है दाइ...

    ReplyDelete
  7. Anonymous11:36 AM

    beautiful !

    ReplyDelete
  8. मायालु ! मनै तताउने पङ्ख फैलाएको भावधारा । सोचे जस्तै भएको होस् ।

    ReplyDelete
  9. हार्दिक धन्यवाद सबैजनालाई यो गजल मनपराईदिएर प्रतिक्रिया लेखिदिनुभएकोमा ।

    ReplyDelete