राख्दिहुन् मन घरसँगै लिपेर प्रियले ।
मिलनको आशामा दिल खिपेर प्रियले ।
रनबन मेलापातमा बल्झँदो हो याद ,
शिउरिँदीहुन् गुराँस त्यो टिपेर प्रियले ।
हुँदोहोला सँधै यौटा तस्विर खोकिलामा ,
हेर्दी होलीन् सँगिनीसँग छिपेर प्रियले ।
नीरदाना सिह्रानीमा कोल्टे फेर्दै रातमा ,
झार्दी होलिन् पालासरी धिप्धिपेर प्रियले ।
गजल मज्जाले गर्जेको छ ... प्रिय को बातसंगै -जडित जी को जोड़ले ।
ReplyDeleteजडित जी मिठो गजल । धन्यबाद
ReplyDeleteमिठो गजल जडितजी! राम्रो लाग्यो।
ReplyDeleteIndeed a beautiful composition! Loved it.
ReplyDeleteAaha kya dami gajal?Yesto po hunchha ta gajal?cogratulation Deepak jee.
ReplyDeleteSimple & Beautiful.
ReplyDeleteगजल राम्रो लाग्यो... तर टाढाकी प्रियको खासै भर चाहीं गर्नु हुन्न है दाइ...
ReplyDeletebeautiful !
ReplyDeleteमायालु ! मनै तताउने पङ्ख फैलाएको भावधारा । सोचे जस्तै भएको होस् ।
ReplyDeletenice
ReplyDeleteहार्दिक धन्यवाद सबैजनालाई यो गजल मनपराईदिएर प्रतिक्रिया लेखिदिनुभएकोमा ।
ReplyDelete