Saturday, January 24, 2009

गीत : केहि छुटेछन मनका कुरा

केहि छुटेछन मनका कुरा
केहि फुटेछन मनका कुरा
बिगबिगी थियो मन चोरनेकै
केहि लुटेछन मनका कुरा ।

मन छेक्ने आली नहुँदो रहेछ
मन यो खाली नहुँदो रहेछ
भर्खरै मन यो लुटिएर पनि
केहि उठेछन मनका कुरा ।

बटुलेर सबै छुटेका ति कुरा
सँगालेर राखें रहर अधुरा
जोडेर त्यसैलाई भनिरहेछु
केही जुटेछन मनका कुरा ।

8 comments:

  1. केही छुटेछन मनका कुरा - भनेर भन्नु भएको रहेछ - आशा छ आउदो पोस्टहरुमा ती कुराहरु पनि लेख्नु नै हुने छ , हैन त ?

    यसको दोस्रो पाराग्राफ चाहि निकै चोटिलो लाग्यो । तपाई कति सहज तरिकाले आफ्नो भावना ब्यक्त गर्न सक्नु हुन्नछ है !

    ReplyDelete
  2. धेरै राम्रो दाइ ॥ मनपर्यो ॥

    ReplyDelete
  3. Anonymous10:41 AM

    very nice .
    keep it up .

    ReplyDelete
  4. मलाई पनि अति नै मनपर्यो :-)

    ReplyDelete
  5. दीपकजी
    कसैद्वारा मन चोरिदा, मनमा अनेक कुरा कोरिदा मनका कुरा फुट्दा, मनका कुरा लुटिदा अनि फेरी त्यसैलाई जोडेर ल्याउनु अनि केही जुटेछन् मनका कुरा भन्दै हिम्मत जुटाउनु यति नै मिठो भइदिए, जति तपाईका यी सृजनाभित्रको शब्दसञ्जालमा मिठास छ। अहो! क्या आनन्द होला हगि?

    ReplyDelete
  6. मेरो भावनाको यौटा टुक्रालाई मनपराईदिनुहुने बेदनाथजी , उजेलीजी , लुनाजी , साधनाजी र कैलाशजीलाई धन्यवाद ! मैले दोश्रो अन्तरामा हेरफेर गरें है , पहिलोमा झैं आफ्नै भावना बनाउन मन लाग्यो नत्र दोश्रोमा अरुलाई उपदेश भनेजस्तो भएको रहेछ ।

    ReplyDelete
  7. छुटेर-फुटेर पनि जुटेको मन देख्दा खुसी कसरी नलागोस् ! म पनि तपाईँको यस गुनगुनमा तृप्‍त भावक बन्न आइपुगेँ, ढिला नै सही । नहुनु खुस्‌खुस् भन्दा अबेरकै गाली मीठो, सोइपरी सम्झिएर यति लेख्‍ने जमर्को बिसाएँ । नेपालको 'बत्ती-बिजोक'ले अरूलाई भन्दा (ब्लगिङको सवालमा) मैंलाई पिरेको जस्तो भएको छ, ठ्याक्कै मैं जस्तै सिट्ठा दुब्लाएर गयो मेरो ब्लगिङ र ब्लगर मित्रजनसँगको साउती । म त ती हातहरूबाट छुटेर कहाँ पुगेझैँ भयो । त्यस्तो रनाहामा कति छटपटी र उकुसमुकुस भयो, यहाँनेर के खुलाऊँ, लेख्‍दा नदेखिन सक्छ । केही समययता तपाईँको कथाको नियमित पाठक हुँदै आएको थिएँ, त्यो क्रम पनि तोडियो । र पनि पछिल्लो कथा पढेर उम्लिएको रन्थनी र अनुभूति आफैँमा राखिरहनुपर्‍यो । बाध्यतावश । यतिखेर तपाईँकै लयमा आफ्नो पीडा मिसाएर कहदैछु -

    बटुलेर सबै छुटेका ती कुरा
    सँगालेर राखेँ रहर अधुरा
    जोडेर त्यसैलाई भनिरहेछु
    केही जुटेछन् मनका कुरा ।

    ReplyDelete
  8. धाईबाजी , त्यसरी हैन यसरी भन्दा कसो होला ? ' हामी सँगै छौं , एकछिन या केहि दिन ब्लगमा उपस्थिती जनाउन असमर्थ हौंला त्यो अर्कै कुरा हो तर के हरदम ब्लगले गाँसेको साईनो मार्फत झ्याङ्गिएको मित्रताको झ्याङ्ग वरिपरी के हामी कहिल्यै अनुपस्थित हौंला ? '

    ReplyDelete