Thursday, June 12, 2008

गजल : कागका हुल छन

बकुल्लो एउटै परें म त यहाँ कागका हुल छन ।
सिध्याउन के बेर मलाई यहाँ बाघका हुल छन ।

जताततै हेर विषालु ति गोमन र करेत जस्तै ,
कर्कट , कुलिर , तक्षकझैं यहाँ नागका हुल छन ।

देखिंन मैले खै के पाएं यहाँ सधैं खाली रित्तो म छु ,
अरुका हेर लौ आफ्ना आफ्ना यहाँ भागका हुल छन ।

झट्ट हेर्दा सबको टाउको मान्छेकै हो झैं देखिन्छ ,
संगत गर्दाकन था'हुन्छ यहाँ छागका हुल छन ।

अंगारको पनि बरु मुल्य होला मेरो तर छैन क्यै ,
बहुमुल्य देखिन्छन सबै यहाँ खागका हुल छन ।

एक्लो यस्तरी भईछस् ए ! 'दीपक' तँ त सडक जस्तै ,
त्यहीं टेकीहिंड्ने अनेकौं यहाँ सुहागका हुल छन ।

6 comments:

  1. Great! Vry beautiful Ghazal!

    By the way, what does this छाग mean?

    ReplyDelete
  2. Thanks Basanta jee ,As far as my knowledge 'छाग' means a man with goat head . ( according as SWASTHANI KATHA ).

    ReplyDelete
  3. मिठो गजल! तर मलाई पनि यो छाग भन्ने शब्दले अलमल पारेको थियो ।

    यसको अर्थ तपाईले बुझाईदिनु भएपछि बल्ल त्यो छागवाला शेर पनि बुझें !

    ReplyDelete
  4. धन्यवाद दिलीप जी ।

    ReplyDelete
  5. Anonymous10:14 PM

    gajjabbbbbbbbbbbbbbbbb chhaaaaaaaa

    ReplyDelete
  6. Thank you Aakar jee .

    ReplyDelete