Friday, May 23, 2008

ह्यापी बर्थ डे टु मी

२०३३ सालको जेष्ठ १० गते जन्मेको म आज २०६५ सालको जेष्ठ १० गते भै सक्यो । अहो ! म ३२ वर्षको भै सकेछु । शुभकामना छ मलाई जन्म दिनको । मैले आज मलाई जन्मदिनको उपहार स्वरुप यौटा गजल लेखेर दिएको छु । यसरी -

भन्लान 'दीपक' बल्दैछ आज ।
नगद् भै हात्हातै चल्दैछ आज ।

मलिलो त्यो मनको खेतैभरी ,
फूल्दैछ ए ! अझ फल्दैछ आज ।

दाईने उसैको चन्द्रमा परे ,
दुई हातै लड्डु , मल्दैछ आज ।

कान्ती अन्वारको देख्नेहरुले ,
बुझ्लान त भित्र जल्दैछ आज ?

उधारो काढेर जिन्दगीसंग ,
अन्वारमा खुशी दल्दैछ आज ।

नौका चलाई भवसागरमा ,
आँधी र तुफान छल्दैछ आज ।

पैंसठ्ठी , दश जेठ भईसक्दा ,
आयुमा वर्षथप् ढल्दैछ आज ।

6 comments:

  1. जन्मदिनको शुभकामना दीपकजी! तपाईँलाई जीवनका हर पाईलामा सफलताको शुभकामना!

    गजल मिठो लाग्यो।

    ReplyDelete
  2. Anonymous2:28 AM

    जन्मदिनको शुभकामना। लेखन यात्रा निरन्तर रहोस।

    ReplyDelete
  3. Anonymous4:40 AM

    शुभकामना मेरो पनि।
    गजल गजबकै रहेछ।

    ReplyDelete
  4. वसन्तजी , समीरजी र केशवजी यहाँहरु तिनैजनालाई मेरो धन्यवाद छ - ह्रदयबाट ।

    ReplyDelete
  5. यात्रा निरन्तर रहोस्, ढिलै भएपनि शुभकामना जन्मदिन को ।

    ReplyDelete
  6. धन्यवाद आकारजी ।

    ReplyDelete