Sunday, February 25, 2007

गीत : किन मान्छे माया भन्छन ।

किन मान्छे माया भन्छन मायालाई नै ईश्वर ठान्छन
ईश्वरको रुप भए माया किन यस्मै धोका खान्छन ।

म त भन्छु माया केवल एउटा झुठो नाटक हुन्छ
कसैले यसलाई चोखो सम्झे उसैले जीवन आँशुमा धुन्छ
यौटाको आँशु सागर बनेनि कस्को मुटुलाई त्यसले छुन्छ
त्यसैले माया बाजी जित्ने एउटा झुठो नाटक हुन्छ ।

माया पुर्णेको जून हो भन त्यसभित्र पनि दाग नै हुन्छ
समर्पण हो माया कस्ले भन्छ मायामा सधैं भाग नै हुन्छ
मायामा जीवन बलिदान गरेनि कस्को मनले त्यसलाई छुन्छ
त्यसैले माया बाजी जित्ने यौटा झुठो नाटक हुन्छ ।

1 comment:

  1. दिपक जि
    तपाईको गितको पहिलो हरफ नै सार्है मन पर्यो त्यसैले मलाई पनि कमेन्ट लेख्न मन लाग्यो नि
    माया यो शब्द नै आफैमा अनभिज्ञ छ खै कसरी बर्णन गरने मायाको बारेमा हरेक मान्छेको आफ्नै आफ्नै तर्क छ मायाको बारेमा मैले पनि बुझ्न सकेको छैन यो माया के हो भनेर तर पनि माया मा मान्छे हरु पागल हुन्छ रे जिबन नै अन्य गर्छ अरे ....। यस्तै यस्तै कुरा हरु हुन्छ रे तर म त मेरो बिचारमा माया
    पबित्र माया दुई आत्मको मेल हो
    धोकेबाजका लागी जवानीको खेल हो

    जिबन जिउने आधार नभए पनि मायाम
    घरपरिबार र समाजमा बाँधिने जेल हो
    भो जती बर्णन गरे पनि पुग्दैन होला यती नै ल
    कृष्ण "छाल" के सी

    ReplyDelete