Tuesday, January 16, 2007

गीत : माफी मलाई चाहिएन ।

बिना गल्ती माग्दा पनि माफी किन पाईएन
भै गो अब माग्दिन भो माफी मलाई चाहिएन ।

आफैं दोष देखाएर फेरी आफैं रिसाउनुभो
भनिदिनोस मैले चाहिँ यो मन कहाँ बिसाउनु हो
जानी जनी कैले नि हौ झूठो कसम खाईएन
बिना गल्ती माग्दा पनि माफी किन पाईएन ।

आफु किनारामा बसी खोलामा मलाई बगाउनुभो
निर्दोश थिएं तर यो कस्तो अभियोग लगाउनुभो
असत्यलाई रचि कहिल्यै झूठो गीत गाईएन
बिना गल्ती माग्दा पनि माफी किन पाईएन ।

1 comment:

  1. Anonymous9:16 PM

    बिर्सैयर होला सायद माफी माग्ने भन्दा दिने नै धन्ने हुन्छन्
    संसारको रित नै यस्तो हो की यस्ता मान्छे दुनिया मै गन्ने हुन्छन्

    स्वार्थी छ दुनिया स्वार्थी छ यहाको परिभैष अनि यहाका मान्छेहरु
    झुटो बिल्ने मान्छेहरु आफैमा चोखो बन्दै अरुलाइ झुटो भन्ने हुन्छन्
    दिपक जि
    तपाइका शब्दहरु निकै स्तरिय छन् यसमा बोल्ने कुनै ठाउ छैन लेख्दै जानु आफ्नो यात्रमा सफल हुनु म यहि शुभकामन दिन्छु
    कृष्ण के सी "छाल"
    chhalkri@yahoo.com

    ReplyDelete