Monday, January 01, 2007

नयाँ वर्ष २००७ को शुभकामना ।

मेरो ब्याक्तीगत ब्लग ' मेरो साहित्य संसार र विविध ' मार्फत म दीपक जडितको तर्फबाट यहाँहरु सबैलाई नयाँ वर्ष सन २००७ को मंगलमय शुभ-कामना ।


साथमा नयाँ वर्षको उपहार स्वरुप एउटा गजल --------
------------------
------------------
आजको दिन त कम्तीमा नयाँ वर्षको कुरा गर ।
मनका सारा पिंडा दुख भुलेर हर्षको कुरा गर । १

भोली त टेक्नु छ सफलताको शिखर तिमीले पनि ,
त्यसैले भन्छु , भोली गर्नुपर्ने संघर्षको कुरा गर । २

मोजमस्ती र मनोरन्जन मात्रै जिन्दगी हैन बुझ ,
गंभिर भएर जीवन के हो ? विमर्षको कुरा गर । ३

कति पायौ अनि कति गुमायौ जिन्दगीमा आजसम्म ,
दुख सुख हार जीत सबैमा उत्कर्षको कुरा गर । ४

नयाँ दिन देखि नयाँ कुराको शुरुवात गर्नलाई ,
आलटाल हैन ठोष रुपमा निश्कर्षको कुरा गर । ५

1 comment:

  1. Anonymous10:58 PM

    मन त थियो साथी नयाँ बर्षको कुरा गर्नलाइ
    मनै खुसी छैन साथी नयाँ हर्षको कुरा गर्नलाइ

    संघर्षनै संघर्षमा आधा जिबन बितीसक्यो
    अब के नै बाकी छ र संघर्षको कुरा गर्नलाइ

    दुख्खले नै शिखर चुम्यो मोजमस्तीको के कुरा
    अब किन लजाउनु र स्पर्षको कुरा गर्नलाइ

    पाउनुत के नै छर गुमाउन त समयनै गुमाइदिए
    के नै आशा छ र अब परामर्षको कुरा गर्नलाइ

    हरेक दिन हरेक पाइला संघर्षमै बित्यो भने
    अब किन डराउनु र निश्कर्षको कुरा गर्नलाइ

    krishna kc"chhal"
    chhalkri@yahoo.com
    दिपक जि मलाइ तपाइको गजल मन परेर मैले सानो प्रयास गरेको स्विकार गर्नु ल

    ReplyDelete