Wednesday, February 13, 2008

गीत : आँखामा नेपाल

हृदयमा छ चन्द्र सुर्य नेपाल आँखामा
नेपालकै गीत गाउँछु लैबरी भाखामा ।

झुल्छु म त धान खेतमा फूल्छु सुनाखरीमा
डुल्छु म त फाँटैभरी बनमाराको घारीमा
भञ्ज्याङ अनि देउरालीमा सुस्केरा म फेर्छु
टाकुरामा पुगी मेरै प्यारो नेपाल हेर्छु ।

सारंगीमा मनका सबै पिर रेटीदिन्छु
मादलु र डम्फू बजाई थकाई मेटीदिन्छु
मुरलीमा नेपालको नयाँ धून बजाउंछु
जानेजति कला झिकी नेपाल सजाउंछु ।

मेचि काली एउटै घर हुन्न कोही पराई
भिजाउंछु नदी भई हिमाल पहाड तराई
अक्षर तिन लेख्नुपरे मेरै नेपाल लेख्छु म
सपनीमा देख्नु परे मेरै नेपाल देख्छु म ।

3 comments:

Anonymous said...

कविता साह्रै राम्रो छ । तर यी कुराहरु कविता मा मात्र राम्रा भए । यथार्थ मा परिस्थिति धेरै जटिल बन्दै गइरहेको छ ।

Basanta said...

Beautiful poem! Please continue writing!

sarmi said...

yo kabita sarai ramro lagyo malai,tara aru pani tapaile lekhnu bhayako harek kabita ra geet haru sarai nai ramro lagcha. kina bhane tapaiko lekh haru sabai marmik khalko ani sabiko man chune khalko cha, tesaile kahile pani afno kalam lai banda nagari dinu hola, ma asha garchu , jahile tapaile ramro geet ra kabitaharu lekhnu huncha bhanera. thankyou so much.
your sarmi.